काठमाडौं । नयाँ कानूनहरूको बारेमा नेपाली समुदायलाई कतार सरकारको सचेतना कार्यक्रम २०२१ सम्पन्न भएको छ । शुक्रवार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय द्वारा कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानूनहरूको बारेमा नेपाली समुदायको लागि सचेतना कार्यक्रम २०२१ सम्पन्न भएको हो । सो कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल तुल्याएको भन्दै एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आभार व्यक्त गरेका छन् ।
हार्दिक आभार प्रकट:
29/01/2021 शुक्रवार गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय द्वारा कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानूनहरूको बारेमा नेपाली समुदायको लागि सचेतना कार्यक्रम २०२१ सम्पन्न भएको छ। यस कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल तुल्याईदिनु भएकोमा कतार सरकारको सम्बन्धित मन्त्रालयको Mr. Ali Salh Al Khalaf Head of Awareness Guidance and Labor Org Labour Relations Department, प्रमुख अतिथि नेपाली दूतावास कतारको श्रम कन्सुलर Mr Krishna Prasad Khanal ज्यू, आईसीसी अग्रज हरू, सम्पूर्ण सहभागी वैचारिक संघसंस्था का प्रमुख ज्यू हरू, पत्रकार साथीहरू, सामाजिक एवम धार्मिक संघसंस्थाका प्रमुख ज्यू हरू, प्रदेसिक तथा ज़िल्ला संघसंस्था का प्रतिनिधी ज्यू हरू, समाजसेवी ब्यवसायी तथा समाज का अगुवा साथीहरू, कार्यसमितीका सम्पूर्ण पदाधिकारी साथी एवम सदस्य ज्यू हरू, दाज़ु भाई एवम महिला दीदी बहिनी हरू लगायत सम्पूर्ण पंजीकृत सदस्य ज्यू हरू, यसकार्यक्रम लाई सफल बनाऊन सहभागी हुनु भएका सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु। साथै यस विषयमा केहि अझै नजाने को कुराहरू एनआरएनए एनसीसी कतारको आधिकारिक email मा जिज्ञासाहरू पठाऊन सक्नु हुनेछ। तपाईहरूले राखेको जिज्ञासा सम्बंधित मन्त्रालय बाट जानकारी लिएर उत्तर दिनेछ।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार










