काठमाडौं । विवेकशील नेपाली कतार र साझा सद्भाव समूह कतार विच हिजो शहीद दिवसको अवसर पारेर एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ l
विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य श्री सुरेश भट्टको प्रमुख उपस्थिती र विषेश अथिति सन्तोष के.सि, सुवास गौतम, कल्याण अधिकारी साथै सभाध्यक्ष टंक चौलगाईले गर्नू भएको थियो l
नेपालको भौगोलिक बनाबट हिमाल, पहाड र तराई अनुसार र समावेशी उत्कृष्टताको आधारमा जेष्ठ नागरिक सहित २१ जनाको समिति रहने गरी विवेकशील साझा कतारको एकता सम्पन्न भएको छ l



