शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

साउदी अरेबियाले कतारमाथि लगाएको नाकाबन्दी हटायो, कतारी नरेश आज साउदी जाँदैं

मंगलबार, पुष २१ २०७७

काठमाडौं । कतारले आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै सन् २०१७ जुन ५ बाट गल्फ राष्ट्रहरू साउदी अरब, बहराइन, ओमन, युएई लगायतले कतारमाथि नाकाबन्दी लगाएका थिए । उक्त नाकाबन्दी आफ्नो तर्फबाट हटाउन साउदी अरब सहमत भएको छ ।

साउदी अरेबियाले हवाई मार्ग, जलमार्ग र स्थलमार्ग जनवरी ४ को राति १२ बजेबाट खोल्न सहमत भएको कुवेतका विदेश मन्त्री डाक्टर शेख अहमद नासेर अल मोहम्मद सवाहले बताएका छन् । कुवेतले गल्फ राष्ट्रले कतारमाथि लगाएको नाकाबन्दी हटाउन सधैं मध्यस्थकर्ताको भूमिका निभाउँदै सङ्कटको समयमा असल मित्रराष्ट्र भएको आफूलाई प्रमाणित गर्दै आएको छ ।

यसैबीच कतारका अमिर सेख तमिम बिन हमाद अल थानी कतारको तर्फबाट मङ्गलबार अरब सहयोग परिषद्को ४१ औँ सम्मेलनमा भाग लिन साउदी अरेबिया प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी यहाँको संसद द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नाकाबन्दी हटाउने साउदी अरेबियासँगको सहमतिले कतारमा रहेका जनमानसमा खुसियाली छाएको छ । नाकाबन्दी पछी थुप्रै नेपालीहरुले रोजगारी समेत गुमाएका थिए ।

कतारी नरेश सम्माननिय अमीर शैख तमीम बिन हमद अल थानी खाडी देशहरूको संगठन जिसिसिको बैठकमा सहभागी हुन आज ५ जनवरीका दिन एक उच्चस्तरिय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउदी अरब प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार