शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

एनसिसि कतारले गर्यो अलपत्र ५ नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग, अहिलेसम्म ५५ जनाले पाए टिकट सहयोग

मंगलबार, पुष १४ २०७७

काठमाडौं । कोरोनाका कारण पारेको असर, तथा बिरामी लगायत विविध समस्या परेर नेपाल जान नसक्ने अलपत्र अवस्थामा रहेका ५ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तिका लागि हवाई टिकट उपलब्ध गराएको गैर आवासीय नेपाली सङ्घ(एनआरएनएं) राष्ट्रिय समन्वय परिषद् कतारले जनाएको छ ।

हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका ५ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग उपलब्ध गराएको हा् ।

कोरोना भाईरस कोभिड १९ को कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार छैटौं चरणमा सो सहयोग उपलब्ध गराइएको हो ।

एनआरएनए कतारका अनुसार २५ डिसेम्बर २०२० का दिन अर्बिन्द कुमार बिराजि (धनुषा) २७ डिसेम्बर २०२० का दिन अब्दुल करिम शेख(कपिलवस्तु), अब्दुल रहिम शेख(कपिलवस्तु), अख्तर हुसेन मुसलमान(रुपेन्देही) र मुहमद सबिर(रुपेन्देही) लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको छ । हालसम्म यो समितिले कुल ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फिर्ती गराएको जानकारी गराएको छ ।

स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिती २०२० का संयोजक तथा गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले उल्लेखित ब्याक्तिहरुलाई स्वदेश फिर्तिका लागि सहजीकरण भुमिका निभाउने नेपाली नियोग र स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समितिका सम्पुर्णमा हार्दिक आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार