शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

नेपाली राजदूतावास ओमनद्धारा हवाई यातायात बन्द रहनेसम्बन्धी सार्वजनिक सूचना जारी, यस्तो छ सूचना (सूचनासहित)

बुधबार, पुष ८ २०७७

काठमाडौं । नेपाली राजदूतावास ओमनद्धारा हवाई यातायात बन्द रहनेसम्बन्धी सार्वजनिक सूचना जारीभएको छ । दूतावासले एक सूचना जारी गर्दै हाल विश्वमा कोरोनाभाइरसले उत्परिवर्तन गर्दै नयाँ(नयाँ स्वरूप लिएको र केही मुलुकहरूमा उक्त नयाँ स्वरूपको कोरोनाभाइरस फेला परेको र यसै सम्बन्धमा विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(–१९) महामारी अनुगमन र मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीले विश्वव्यापी रूपमा विकसित पछिल्लो घटनाक्रम र महामारी नियन्त्रण तथा रोकथामका लागि विभिन्न देशहरूले अवलम्बन गरेका रणनीति लगायत यस क्षेत्रमा भाइरसको फैलावटलाई मध्यनजर गर्दै यही मङ्गगलबार २२ डिसेम्बर २९देखि लागु हुने गरी एक साताका लागि ओमानका सम्पूर्ण हवाईरस्थलमार्गबाट हुने आवागमन बन्द गरेको सूचित गरेको हो ।

‘उक्त अवधि पश्चात भाइरसको विस्ताररफैलावटको अवस्थाको आधारमा आगामी निर्णय लिइने बताइएकाले तत्काल ओमान–नेपाल तथा नेपाल–ओमानको यात्राका क्रममा रहनुभएका सम्बन्धित सबैले सोही बमोजिम व्यबस्थापन गर्नुहुन समेत सबैमा नेपाली दूतावास हार्दिक अनुरोध गर्दछ’, दूतावासले जारी गरेको सूचनाामा छ ।

सार्वजानिक सूचना ।

हाल विश्वमा कोरोनाभाइरसले उत्परिवर्तन गर्दै नयाँ-नयाँ स्वरूप लिएको र केही मुलुकहरूमा उक्त नयाँ स्वरूपको कोरोनाभाइरस फेला परेको यहाँहरूलाई विदितै छ।

यसै सम्बन्धमा विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-19) महामारी अनुगमन/मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च कमिटीले विश्वव्यापी रूपमा विकसित पछिल्लो घटनाक्रम र महामारी नियन्त्रण तथा रोकथामका लागि विभिन्न देशहरूले अवलम्बन गरेका रणनीति लगायत यस क्षेत्रमा भाइरसको फैलावटलाई मध्यनजर गर्दै यही मङ्गगलबार 22 डिसेम्बर 2020 देखि लागु हुने गरी 29 डिसेम्बर 2020 सम्म एक साताका लागि ओमानका सम्पूर्ण हवाई/स्थलमार्गबाट हुने आवागमन बन्द गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।

उक्त अवधि पश्चात भाइरसको विस्तार/फैलावटको अवस्थाको आधारमा आगामी निर्णय लिइने बताइएकाले तत्काल ओमान-नेपाल तथा नेपाल-ओमानको यात्राका क्रममा रहनुभएका सम्बन्धित सबैले सोही बमोजिम व्यबस्थापन गर्नुहुन समेत सबैमा नेपाली दूतावास हार्दिक अनुरोध गर्दछ।

नेपाली राजदूतावास
मस्कट, ओमन
07 पुस 2077, मङ्गलबार।

प्रतिक्रिया
सम्बन्धित समाचार