बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

नेपालीप्रति कतारको अगाध प्रेम र विश्वास छ : कतारी राजदूत अल हैल

शुक्रबार, पुष ३ २०७७

युसुफ बिन मोहम्मद अहमद अल हैल
नेपालकालागि कतारका राजदूत अल हैल

काठमाडौं(जस) नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैलले नेपाली कामदार कतार पठाउनका लागि कतार सरकारले मेनपावरको छनौट नगरेको र कतारमा सेक्युरिटी गार्ड पठाउने बिषयमा राजदुताबासको कुनै पनि सम्लंग्नता नरहेको बताएका छन् । कतार सरकार कुनै पनि सिण्डिकेटको पक्षमा नरहेकाले इजाजत प्राप्त सबै मेनपावरले कतार रोजगारीमा पठाउन पाउने राजदूत युसुफको भनाई छ । श्रम गन्तव्य मुलुक कतारमा कामदार पठाउन् केहि मेनपावरले मात्र सिन्डिकेट गर्न लागेको अनधिकृत लिष्ट बाहिरिएपछि राजदूतले कतार सरकारले कुनै पनि मेनपावर छनौट नगरेको जनसवाल सँगको भेटमा बताए । कतार सरकार कुनै पनि सिण्डिकेटको पक्षमा छैन, अहिले बाहिर आएको लिष्टका बारेमा कतार सरकारलाई कुनै जानकारीसमेत नभएको राजदूत युसुफले बताए ।
केही मेनपावरहरुले निराधार हल्ला फैलाएको बुझाई राजदूत युसुफको छ । ‘केही मेनपावरहरुले नबुझेर नै कतार भिसा सेन्टर ९क्यूभिसी०को विरोध गरेका थिए, अहिले तिनै मेनपावरहरुले आधारहीन हल्ला गरेका हुन्, यसमा कुनै सत्यता छैन’ राजदूत युसुफले प्रष्ट पारे ।
कतार प्रहरीका लागि आकर्षक रोजगारीका नाममा केही समय पहिलेदेखि भइरहेका भनिएका अन्तर्वार्तामा नेपालस्थित कतारी दूतावासको कुनै संलग्नता नरहेको राजदूत युसुफले बताएका छन् । कतारको गृह मन्त्रालयको लक्ष्य भनेको नेपालबाट पाँच हजार भन्दा बढी सुरक्षा गार्ड लाने हो । त्यसको कारण भनेको नेपाली गोर्खालीहरु प्रतिको विस्वास नै हो । नेपालबाट लगिने नेपाली सुरक्षा गार्डहरुलाई हाम्रो देशको कानून बमोजिम राम्रो तलव, निशुल्क खाना, निशुल्क बस्ने ब्यवस्था र निशुल्क औषधि उपचारको व्यवस्था गर्छौं । मैले यो किन भनि रहेको छु भने नेपालीहरु ईमान्दार छन् तर पनि रोजगारीको अवसर पाएका छैनन् । कतारको एउटा सानो सहयोगले नेपालका युवाहरुले राम्रो मौका पाउन सक्छन् भन्ने मेरो बुझाई हो । यो नेपालीहरुप्रतिको माया र सम्बन्धको कारणले नै यतिधेरै संख्यामा सुरक्षा गार्डको माग आएको हो । कतार दूतावासको सवारी साधन प्रयोग गरिएको भन्ने छ, सो सम्बन्धमा मेरो धारणा के हो भने आफ्नो देशको कुनै मन्त्रालयका सरकारी प्रतिनिधी नेपाल आउँदा कतार दुतावासको सवारी साधन उपलब्ध गराउनु पर्छ र यो दूतावासको दायित्व हो । यतिमात्र हैन आफ्नो देशको सरकारी प्रतिनिधी नेपाल आउँदा सवारी व्यवस्था, एयरपोर्ट, होटल, अनुवादक, दोभाषे लगायतका सुविधा दुतावासले नै गर्नुपर्छ । तर, एउटा स्पष्ट हुनुपर्ने विषय चाहिँ के हो भने हामी दूतावास कुनै प्रकारको व्यवसायीक र व्यापारी कारोबार गर्ने, नेपालका मेनपावर छनौट गर्ने जस्ता काममा लाग्दैनौ र गर्दैनौ । यो दुतावासको कार्यक्षेत्र भित्र पर्ने विषय पनि होईन । यस कारण केही संचार माध्यममा आएका समाचारका विषयहरुमा म सहमत छैन । किन भने अन्तराष्ट्रिय विषयहरुमा संचारमाध्यमहरुलाई अझ बढी थाहा हुनु पर्ने हो की कुन कुन कार्य दुतावासको कार्यक्षेत्र भित्र पर्छ कुन कुन पर्दैन । कतारको गृहमन्त्रालयबाट नेपाली सुरक्षा गार्ड लैजाने विषयमा कुरा भएपछि दोहा लैजाने नेपाली सुरक्षा गार्डहरुको छनौटको तयारी के छ, कस्तो व्यक्ति लैजाने हो, योग्यता र क्षमता पुगेका नेपाली कामदार मात्र जान पाउन् अनावश्यक व्यक्तिहरुको सम्लग्नता नहोस भन्ने उद्देश्यले गृह मन्त्रालयका अधिकारीहरु नेपाल आएका हुन् । उहाँहरुको कामसँग दूतावासको केही सम्बन्ध हुँदैन, हामीले त कतारबाट आउनु भएका प्रतिनिधीहरुले माग्नुभएको लजिष्टिकल सहयोग मात्र प्रदान गरेका हौं । बाँकी काम भनेको कतार सरकारले खटाएका प्रतिनिधीहरुले आ आफ्नै उद्देश्यले आउनु भएको हुन्छ । तोकिएको काम गर्नु हुन्छ ।
मैले जानकारी पाए सम्म मेनपावर छनौटको कुरा, नेपालका सबै मेनपावरले आवश्यक कागजातसहित प्रक्रियामा आउनुपर्छ । श्रम मन्त्रालयबाट आवश्यक कागजात लिनुपर्छ । सबै कागजात हेरेर प्रक्रिया अगाडि बढ्ने हो र त्यो सबै काम दोहाबाट नै हुन्छ । छनौटको काम भनेको दोहामा रहेको नेपाली म्यानपावर र हाम्रो त्यहाँको सरकारी निकायले गर्ने हो, त्यसमा हाम्रो दुतावासको कुनै प्रकारको भूमिका हूँदैन । नेपालमा माग आयो भन्दैमा जो पायो उही व्यक्ति लाने विषय होईन त्यसको लागि निश्चित मापदण्डहरु छन् । सुरक्षा गार्ड लानको लागि केही मापदण्डहरु छन् । व्यक्तिको उचाइ, अनुभव, योग्यता, उमेर लगायतका मापदण्डहरु अनिवार्य पूरा गर्नुपर्छ । अघिल्लो वर्ष पनि नेपालबाट हामीले ३०० सुरक्षा गार्ड लग्यौं । कतार सरकार र राजदरबार समेत नेपाली सुरक्षागार्डको काम प्रति एकदमै सन्तुष्ट छ । त्यस कारण पनि पुनः माग आएको हो । यसलाई नेपाली युवाहरुले अवसरको रुपमा लिनु पर्छ । नेपालीहरु एकदमै इमान्दार छन् र उनीहरु छिटो सिक्छन् । उनीहरुलाई मौका मात्र दिनुपर्छ, धेरै छिटो सिक्छन् । नेपालीको कुनै पनि कम्प्लेनका केसहरु छैनन् । हाल नेपालबाट गएका सुरक्षा गार्डहरु त खुसी छँदैछन् कतार सरकार पनि एकदमै खुसी छ । उनीहरुले राम्रो कमाउन्, आर्थिक पाटो दरो बनाउन, राम्रो घर बनाउन् र राम्रोसँग बसुन् भन्ने नै हाम्रो लक्ष्य हो । यसकै आधारमा पनि नेपालीहरुलाई मौका प्रदान गरिएको हो ।
तर, केही समय अगाडी मेरो कार्यालयको सवारी लगायत विषयमा बिभिन्न संचार माध्यममा केही कुरा आएका छन् । यस विषयमा मैले परराष्ट्र मन्त्रालयलाई स्पष्ट पारिसकेको छु । हामी कुनै मेनपावर छनौट गर्ने काम गर्दैनौं । यो दुतावासको काम पनि होईन । हामीले कुनै पनि म्यानपावरसँग यस सम्पर्क गर्न गरेका छैनौं । जहाँ सम्म अन्तरवार्ताका सम्बन्धमा हामीले न कसैलाई कुनै आधिकारिक पत्र नै दिएका छौं न अधिकार नै दिएका छौं ।
जहाँ सम्म नेपालको मेनपावर छनौट भएका छन्, त्यसमा दूतावासको कुनै प्रकारको संलग्नता छैन् । कतार सरकारको उच्च तहमा रहेका दस्तावेजहरुको आधारमा मेनपावर छनौट गर्छ र पछि जानकारी गराईन्छ । यस्तो स्पष्ट प्रावधान हुँदा हुँदै पनि केही व्यक्तीहरुले मेरो व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले म माथि केही अप्रमाणित आरोप लगाएका छन् यसमा मेरो नजिकका साथीहरु र अन्य कुराहरु पनि बाहिर आए । मैले सबैलाई स्पष्ट भनेको छु, मैले र दुतावासको कारणले मेनपावर छनौट गरेको कुनै प्रमाण भए आफू त्यस विषयमा छलफल गर्न तयार छु ।
केही संचार माध्यमले फलानो मेनपावर छनौट गर्नका लागि दबाव दिएको भनेर लेखे तर मैले कसैलाई पनि दबाव दिएको छैन र त्यो मेरो काम पनि हैन । यो अप्रमाणित हल्ला फैलाउँदा नेपाली जनतालाई नै घाटा हुने हो । मैले त नेपालीहरुलाई अवसर प्रदान गर्नको लागि सरकारसमक्ष कुरा राखेर यति राम्रो अवसर आएको हो नेपालमा । मेरो काम भनेको व्यापार गर्ने नभई नेपाली जनता र कतारी जनता बिचको सम्बन्ध सुमुधुर राख्ने हो । कतार सरकार र नेपाल सरकारको बीच एकदमै राम्रो सम्बन्ध छ । यो दुई देशको बीच बिगत ४२ बर्ष देखि सुमुधुर सम्बन्ध रहेको छ । नेपालमा आएको बिनासकारी भुकम्प र अन्य प्रकृतिक प्रकोपको समयमा कतार सरकारले नेपाललाई धेरै सहयोग गर्दै आईरहेको र निरन्तर सहयोग पनि रहनेछ । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को प्रकोपमा पनि हामीले कतार च्यारिटीमार्फत नेपालीहरुलाई सहयोग गरिरहेका छौ । स्वास्थ्य, शिक्षा र अस्पताल लगायतका थुप्रै क्षेत्रमा हामीले धेरै सहयोग गरिरहेका छौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार