बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक प्रोफेसर मियाँ एनएचआरएफ साहित्य सम्मान २०२० बाट सम्मानित

शुक्रबार, मंसिर २६ २०७७

काठमाडौंं । राष्ट्रिय मानब अधिकार समिति कतारका नेपाली संयोजक प्रोफेसर मोहम्मद रमजान अलि मियाँ एन एच आर एफ साहित्य सम्मान २०२० बाट सम्मानित भएका छन् ।

अन्तराष्ट्रिय मानव अधिकार फाउन्डेसन तथा एन एच आर एफ फाउन्डेसनको संयुक्त कमिटिले मियाँलाई सो अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो । राष्ट्रिय मानव अधिकार तथा मानवकल्याणकारी संगठनले आफ्नो स्थापनाको दोश्रो बार्षिक उत्सव तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०२० को अवसर पारेर बिश्वका विभिन्न नागरिकहरुलाइ सम्मान गर्ने क्रममा मियाँलाई पनि सम्मानित गरेको हो ।

 

खाडी मुलुक तथा अरेबिक भाषाका विज्ञ समेत रहेका मियाँ लामो समयदेखि कतारमा बसेर नेपाल कतारबीचको सम्बन्ध विस्तार तथा त्यहाँ रहेका नेपालीहरुको हक हित तथा अधिकारका लागि उल्लेख्य कार्यहरु गर्दै आएका छन् । मियाँलाई उक्त सँस्थाले यस वर्षको साहित्य तर्फको विधामा सम्मान गरेको हो । यस सँस्थाबाट मियाँ सहित यो बर्ष विभिन्न देशका नागरिक गरी ३३ जना सम्मानित भएका छन् । २००७ मा कतार प्रवेश गरेका प्रोफेसर मियाँले मानव अधिकार तथा प्रोटोकल एवं अन्तर्राष्ट्रिय बिषयमा अध्ययनरत अरबी भाषा साहित्यमा डबल एम ए गरेका छन् ।


बिश्वका दर्जनौं मानव अधिकारबादी संघ संस्थाहरुका प्रतिनिधीहरु चयन गर्ने क्रममा राष्ट्रिय समाज रत्न सम्मान बाट सम्मानित प्रोफेसर मियाँलाइ कतार स्थित प्रतिनिधिको रुपमा चयन गरेको थियो । यस अघि पनि प्रोफेसर मियाँले कतारको श्रम ऐन लगायत कतारको विभिन्न ऐन तथा कानुनी पुस्तकहरु नेपाली भाषामा अनुवाद गरीसकेका छन् । नेपाल भारत लगायत बिश्वको विभिन्न बिधामा उल्लेखनीय योगदान दिने बिशिस्ट ब्यक्तित्वहरुलाइ सम्मान गरीने क्रममा सम्मानित हुने मियाँ पहिलो नेपाली हुन् । मियाँलाई यसै वर्षको अन्तिममा भारत समाज सेवा रत्नबाट पनि बिभुषित गरिंदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार