काठमाडौं । सदभाव युवा समाज कतार र नेपालले साहाराबिहिन बेवारिसेहरुको सहारा बन्दै आईरहेको संस्था, सडक मानव रहित, सामाजिक सदभाव सहित, मानवताको देश निर्माण अभियानमा जुटेको एउटा साक्षात् मानव तिर्थस्थल मानव सेवा आश्रमलाई सदभाव युवा समाज कतार र नेपालको संयुक्त आयोजनामा आइतबार काठमाडौंस्थित मानव सेवा आश्रम सामाखुशी शाखामा रु १,११,१११ (रु एक लाख एघार हजार एक सय एघार) आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
विज्ञप्ति :
आपसी सहयोग, सामाजिक सदभाव र सेवामा समर्पित यस श्री सदभाव युवा समाजले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि एउटा विशेष महत्व राख्ने सामाजिक कार्यलाइ वार्षिक कार्ययोजना अन्तर्गत सम्पन्न गर्दै आएअनुरुप यस वर्ष 2020 को वार्षिक कार्ययोजनामा समाजसेवी श्री रामजी अधिकारी ज्यू द्वारा स्थापित साहाराबिहिन बेवारिसेहरुको सहारा बन्दै आईरहेको संस्था, सडक मानव रहित, सामाजिक सदभाव सहित, मानवताको देश निर्माण अभियानमा जुटेको एउटा साक्षात् मानव तिर्थस्थल “मानव सेवा आश्रम” लाई सदभाव युवा समाज कतार र नेपालको संयुक्त आयोजनामा आजमिति २०७७ मंसीर २२ गते काठमाडौं स्थित मानव सेवा आश्रम सामाखुशी शाखामा रु १,११,१११/- (रु. एक लाख एघार हजार एक सय एघार) आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो !
सस्थाले यसपालीको हाम्रो अभियान रक्तदान नै जीवनदान भन्ने मुल नारा सहित देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको समेत आयोजन गरेको छ जसमध्य चितवनमा गत मंसीर २० गते रक्तदान कार्यक्रम सम्म्पन भयो साथै अबको केहि दिनमा काठमाडौं, लमजुङ र बुटवलमा पनि आयोजना हुदैछ !
मानव सेवा आश्रमलाइ यो आर्थिक सहयोग हस्तान्तरण गरे लगत्तै यस श्री सदभाव युवा समाजले आज देखिनै मानव सेवा आश्रमको आजीवन सदस्यता प्राप्त गरेको छ ! सदभाव युवा समाज द्वारा हस्तान्तरित यो रकम मानव सेवा आश्रमको अक्षयकोषमा रहिरहने र उक्त रकमबाट प्रत्येक वर्ष प्राप्त वार्षिक व्याजबाट वर्षको एकदिन सदभाव युवा समाजका प्रतिनिधिको उपस्थितिमा आश्रममा आश्रित व्यक्तिहरुलाइ यस संस्थाको नाम बाट भोजन सेवा कार्यक्रम गरिने व्यवस्था रहेको छ !
यहि वर्ष सद्भाव युवा समाज कतारले बाढीपहिरो पिडितलाई ९६ हजार रुपैयाँ सहयोग गरेको छ । अविरल वर्षाका कारण आएको बाढिपहिरो बाट देशले ठुलो जनधनको क्षती बेहोर्नुपरेको अवस्थामा सद्भाव युवा समाजले पिडित परिवारलाइ थोरै भएपनि राहत पुगोस भन्ने हेतुले तीन ओटा जिल्लामा सो सहयोग गरेको हो । युवा समाजले गुल्मि जिल्लाको ईस्मा गाउँपालिकालाई ने.रु. ३२ हजार , लमजुङको मर्स्याङ्दी गाउँपलिका ३ तरापु पल्लोटारिलाई ने.रु. ३२ हजार र म्याग्दी जिल्लाको मालिका गा.पा. विम र धौलागीरी गा.पा.मराङका पिडित घरपरिवारको सहयोगार्थ ने.रु. ३२ हजार गरि जम्मा ९६ हजार नेपाली रुपैयाँ सहयोग गरेकोछ । सहयोग उपलब्ध गराइएको सबै जिल्लामा स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा स्थानीय समाजसेवी व्यक्तित्व मार्फत उक्त राहत वितरण कार्यक्रम सम्पन्न गरिएको थियो !
सद्भाब युवा समाज कतारले देशमा आइपरेका विपत्तिमा सहयोग गर्दै आएकोछ । मरुभूमिमा रोजगारीको सिलसिलामा कतारको एयरपोर्टमा काम गर्ने साथीभाइलाई भैपरी आउने समस्यामा सहयोग गर्न भनि २००८ मा स्थापना भएको यस संस्थाका सदस्यहरुले आफ्नो पारिश्रमिकबाट समाज सेवालाई भनेर छुट्याएको रकमबाट विगतका वर्षहरुमा पनि यसरी देश र समाजमा आइपर्ने प्राकृतिक प्रकोपका बेला देखि लिएर बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको संस्थाका बर्तमान अध्यक्ष गुणनिधि घिमिरेले बताउनु भयो ।
आफ्नो स्थापना काल देखि नै संस्थामा आवद्ध सदस्यहरुलाइ परेको समस्यामा सहयोग गर्ने देखि लिएर देशमा भुकम्प पिडित लगायत बाढिपहिरो पिडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा समेत आर्थिक सहयोग प्रदान गर्दै आइरहेको यस संस्थाले गत वर्ष सन 2019 मा संचारकर्मी रवि लामिछानेको अभियन्तामा निर्माणाधिन रास्कोट सामुदायिक अस्पताल कालिकोट लाइ सदभाव युवा समाज कतार र सदभाव युवा समाज नेपालले सम्युक्त रुपमा रु १० लाख २० हजार त्यसैगरी वर्ष सन 2018 मा राष्ट्रीय आविस्कार केन्द्र लाइ रु ६ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको थियो !
रोजगारीको सिलसिलामा प्रवासीएका नेपाली दाजुभाइ हरुको फराकिला सहृदयी मनहरुलाइ पिडित परिवार लगायत सम्पुर्ण जिल्लाबासीले हार्दिक धन्यवाद साथै कृतज्ञता प्रकट गरेका छन ! विदेशी भुमीमा श्रम गरेर आफ्नो मेहनतको कमाइको केहि अंश देश र समाजका लागी सहयोग गर्ने सहयोगी भावनाहरुको सामाजिक सदभाव, सहयोग र सेवाले संस्थाको गरिमा अझै बढ्दै जाने र फराकिलो सामाजिक परिचयले संस्थाको शिर सधै उच्चो रहेको देखिन्छ ! सदभाव युवा समाज कतारमा आवद्ध सम्पुर्ण मनकारी व्यक्तित्वहरु लाइ हार्दिक धन्यवाद प्रकट गर्दछौं !
















