काठमाडौं । आईएसओ मान्यता प्राप्त नसिर अल अलि ईन्टरप्राईजेजले आफ्नो कम्पनीमा दश बर्ष काम गरेका दुई नेपाली कामदार तपन कुमार राई र मोहन बहादुर थापा, र दुई श्रीलंकन कामदार चिंताना कुमारा र थिया गराजाहा पी साम्मुभेललाई जनही १५ हजार कतारी रियल दिएर सम्मान गरेको छ। ईन्टरप्राईजेजका मालिक नसिर अल अलिले सो पुरस्कार प्रदान गर्नु भएको हो।

पुरस्कृत तपन कुमार राई कतार सन् २०१०मा आउनु भएको हो। पहिले निर्माण अर्थात् कन्सट्रक्सनमा काम गर्नु भयो, र त्यसपछि ट्रेड कामदारमा प्रोमोसन हुनुभयो। नेपालको पश्चिमी दुर्गम गाउँमा हुर्किनु भएको राई निर्माणसम्बन्धि धेरै काममा पोख्त हुनुहुन्छ। उहाँ नसिर अल अलि ईन्टरप्राईजेजमा काम गर्न पाएकोमा एकदमै खुसि हुनुहुन्छ। अर्का मोहन बहादुर थापा पनि सन् २०१०मै कतार आउनुभएको हो। सहयोगी अर्थात् हेल्परको रूपमा पहिले काम गर्नु भएका थापाले पछि निर्यातमा काम गर्नु भयो। उहाँले पनि सो कम्पनीमा काम गरेर घर परिवारलाई राम्रो सेवा सुविधा दिन सक्नु भएको छ। ईन्टरप्राईजेजमा रहँदा उहाँले आम्दानी र सीप दुवै प्राप्त गर्नु भयो।

श्रीलंकन कामदार चिंताना कुमारा पनि गरिब परिवारमै हुर्किनु भएको हो, र सन् २०१० मै कतार आउनु भयो। कामदारमा आउनु भएको उहाँ पछि स्टिल, सिकर्मी र मिस्त्रीको रूपमा काम गर्नु भयो। कम्पनीबाट पाएको तलबले उहाँले सहरी क्षेत्रमा घर बनाउनु भएको छ। उहाँलाई नसिर अल अलिको खुलापन मन पर्छ। अर्का थिया गराजाहा पी साम्मुभेल पनि कामदारकै रूपमा कतार आउनु भएको थियो। दश वर्ष काम गर्दा उहाँले बच्चाहरूलाई राम्रो शिक्षा प्रदान गर्न सफल हुनु भयो। उहाँलाई आफ्नो कम्पनीको राम्रो र कामदार मैत्री वातावरणले तान्छ।
कार्यक्रममा बोल्दै नसिर अल अलिले आफ्ना कर्मचारीका लागी आफु सधै तयार भएको बताउनु भयो। उहाँले थप भन्नु भयो, “म बोस भन्दा पनि गार्जियन हो।” उहाँ आफ्ना कामदारसँग मैत्री पूर्ण व्यवहार गर्नुहुन्छ। उहाँले आफ्ना कर्मचारीहरूलाई कतारी नियम र कानुनहरू पालना गर्न अनुरोध पनि गर्नु भयो।