सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

एनआईसीका सञ्चालक संघई महासंघको एशोसिएट उपाध्यक्षमा निर्वाचित

सोमबार, मंसिर १५ २०७७

काठमाडौं(जस)–एनआईसी एशिया बैंकका सञ्चालक तथा प्रतिष्ठित उद्योगी व्यवसायी रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
विगत ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउँदै आएका उनी त्रिवेणी ग्रुपको निर्देशकसमेत हुन् । उद्योगी व्यवसायीको रुपमा मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याएवापत गतवर्ष नेपाल सरकारले उनलाई ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सम्मानबाट विभूषित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार