काठमाडौं । ग्लोबल गोरखा समाजको अन्तराष्ट्रिय समन्वय परिषदको कोभिड–१९ राहत कार्यक्रम गोरखाका एघारवटै स्थानिय तहमा सम्पन्न भएको छ । ग्लोबल गोरखा समाजले कोभिड–१९ को वर्तमान स्थितिलाई मध्यनजर गर्दै गोरखा जिल्लाका सबै स्थानीय तहमा एक(एक लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । समाजका अध्यक्ष विनय अधिकारी को अध्यक्षतामा बसेको बैठकले जिल्ला समन्वय समिति गोरखाका सभापति अशोक कुमार गुरुङसँग छलफल गरि गुरुङकै माताहातबाट एघार वटै स्थानिय तहमा राहत स्वरुप स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हा । समाजका अध्यक्ष अधिकारीका अनुसार यो स्वास्थ्य सामाग्री नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्यहरु बाट संकलन गरेर सहयोग गरिएको हो । आगामी दिनमा पनि समाजले गोरखा जिल्ला भित्र भैपरी आऊने समस्या लगाएत विकाशका काममा समाजले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समाजका महासचिव त्रिलोचन पोखरेल ले सन्चालन गरेको कार्यक्रममा सचिवालयका पदाधिकारिहरुको उपस्थिति थियो । समाजका ऊपाध्यक्ष तथा स्वास्थ्य विभाग संयोजक गोकर्ण प्रसाद ढकालले आफ्ना विचार राख्दै समाज सबै स्थानिय निकायसँग हरेक ढंगले जोडिएर विभिन्न किसिमका विकास तथा लगानीका काम गर्न तयार रहेको र आगामी दिनहरुमा पनि समन्वयकारी भुमिका निर्वाह गर्न गुरुङलाई अनुरोध गरेको ताईएको छ । अधिकारी निर्वाचीत भएपछि बसेको ग्लोबल गोरखा समाजको पहिलो बैठकले कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि ९ वटै गाउँपालिका र २ वटा नगरपालिकालाई एक(एक लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने निर्णय गरेको थियो ।
सो निर्णय गरेसँगै गोरखाका सबै स्थानीय तहका जनप्रतिनिधिसँग जुम मार्फत छलफल सम्पन्न भइसकेको छ। छलफलमा जनप्रतिनिधिहरुले आफूलाई आवश्यक स्वास्थ्य सामाग्रीको बारेमा पनि अवगत गराएका थिए र समाजले पहिलो चरणको सहयोगको लागी केहि थान पिपिई,थर्मलगन र माक्स लाई प्राथमिकतामा राखेको बताईएको छ । सो स्वास्थ्य सामाग्री जिल्लासम्म पुर्याऊन समाजका नेपाल संयोजक विनोद पोखरेललाई जिम्मेवारी दिईएको पनि बताईएको छ ।
कार्यक्रममा समाजका ऊपाध्यक्ष तथा सामुहिक लगानी विभागका संयोजक यदु लामिछाने, सचिव द्वय विराट खनाल, संयोजक आचरण तथा अनुशासन विभाग, सकुन्तला गुरुङ, संयोजक महिला विभाग कोषाध्यक्ष आकाश बन्जारा संयोजक आर्थिक विभाग लगाएतले आफ्ना महत्वपुर्ण विचार राखेका थिए । कोषाध्यक्ष सफल युवा व्यवसायी बन्जाराले आफुहरु प्रवासमा रहेर व्यवसायिक रुपमा अगाडि बढि रहेको भएपनि मातृभूमि प्रति आफुहरुको प्रगाढ माया,ममता रहेको र आगामी दिनमा जिल्ला, स्थानिय निकाय र समाजसँगको सहकार्यमा आफुहरु गोरखामा लगानी गर्न तयार रहेको र यसको समन्वय गरिदिन पनि गुरुङलाई आग्रह गर्नुका साथै गोरखामा पर्यटन भित्र्याऊन पर्यटकीय सम्भाव्यता रहेका स्थानहरुको डकुमेन्ट्री बनाऊनुका साथै राष्ट्रीय गौरवको आयोजनाको रुपमा हेरिएको बुढिगण्डकी आयोजनाभित्रको हालको बसोबास, विधालय, पुरातात्विक संरचना, मठ मन्दिर, कला संस्कृती, बगैचा, बजारहरुलगायत भावी पुर्खाको थलो भावी पुस्तासम्म हस्तान्तरण गर्न गोरखालगायत धादिङगका डुबान पिडितहरुको पुर्खाको थलो लाई सुरक्षित गर्न र गराउन गुरुङलाई आयोजना र स्थानिय निकायहरुलाई आग्रह गरिदिन अनुरोध गर्नु भएको बताईएको छ ।
कोषाध्यक्ष बन्जारा आरुघाट गाँऊपालिका निवासी हुन् । गुरुङले प्रवासमा रहेर पनि मातृभूमि प्रति देखाएको माया,चासो र संस्थागत ढंगले अगाडि बढ्दै, गर्न लागेको सहयोगप्रति ऊच्च सम्मान रहेको र आगामी दिनमा जिल्ला समन्वय समितीले प्रवासमा रहेर सामाजिक काममा काम गर्ने सम्पुर्ण प्रवासीहरुको भावनालाई संम्बोधन हुन सक्ने सबै काममा आफ्नो नेतृत्व सहयोग गर्न तयार रहेको, साथै आफुलाई छलफलमा सहभागी गराएर संस्थाको बारेमा जानकारी दिएकोमा जिल्ला समन्वय समिती, स्थानिय निकायको तर्फबाट सम्पुर्णमा धन्यवाद प्रकट गर्दै आफुलाई दिईएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । समाजका प्रवक्ता यादव देवकोटाले कार्यक्रममा सहजकर्ताको भुमिका निभाएका थिए ।