काठमाडौं । नेपालस्थित कतारी राजदूतावासले कतार पुलिसमा नेपाली नागरिकलाई लैजान कतारी नागरीक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदूतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ । दूतावासले एक विज्ञरिुप्त जारी गर्दै नेपालवाट कतारमा आवश्यक पुलिसमा भर्ति गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ता– कस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलिलाइ राज्यको जिम्मेवार निकाय राजदुतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता नरहेको उल्लेख गरेको छ ।
विज्ञप्ति
कतार पुलिसमा नेपाली नागरिकलाई लैजान कतारी नागरीक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदूतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छौ । नेपालवाट कतारमा आवश्यक पुलिसमा भर्ति गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ता– कस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलिलाइ राज्यको जिम्मेवार निकाय राजदुतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता छैन ।
कतारी राजदूतावास
भैसेपाटी