शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आजको मौसम : तराई र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने, हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

मंगलबार, मंसिर ९ २०७७

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको छ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । दिउँसोस् सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू-भागमा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकीको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीस् सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू(भागमा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार