बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारमा नयाँ श्रमिकका लागि पनि बाटो खुल्यो, मागपत्र प्रमाणीकरणको काम शुरु

आइतबार, मंसिर ७ २०७७

काठमाडौं । कतार जान चाहने नयाँ श्रमिकका लागि बाटो खुलेको छ । नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएसँगै कतारमा रहेको नेपाली दूतावासले पनि आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम थालेको छ । कोरोनाको कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले आइतबारबाट कतार मुलुकको लागी नयाँ मागपत्र प्रमाणिकरण सुचारु भएको जानकारी दिए । कतार सरकारले यसअघि उच्च जोखिममा राखेको देशका नागरिकका लागि नयाँ श्रम पनि खुलाएको थिएन । तर, अब भने त्यो प्रतिवन्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको छ । कतारले गरेको पछिल्लो घोषणा अनुसार अब म्यानपावर व्यवसायीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाजले बताए ।

‘कतारले खुल्ला नगर्दासम्म कामको माग ल्याउँदा पनि हामीले प्रमाणीकरण गर्न सक्ने अवस्था थिएन, किनभने कतार सरकारले खुल्ला गरेकै थिएन,’ राजदूत भारद्वाजले भने, ‘कतारले नखुलाउँदासम्म मागपत्र प्रमाणीकरण मात्र गर्दा श्रमिक ठगीमा पर्ने सम्भावना हुन्थ्यो तर अब कतारले नै खुलाएपछि दूतावासले नगर्ने भन्ने नै हुँदैन, मागपत्र प्रमाणीकरण हुन्छ ।’

अहिले कतारबाट बिदामा नेपाल आएकाहरु फर्कनका लागि भने विशेष अनुमति दिनुपर्ने प्रावधान कतार सरकारले राखेको छ । कतार पुगेपछि सात दिन होटल क्वरेण्टीन र सात दिन होम क्वरेण्टीनमा अनिवार्य बस्नु पर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार