मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

शुक्रबार थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि, ५ हजार ३६४ कोरोना संक्रमित निको भए

शुक्रबार, मंसिर ५ २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार शुक्रबार थप एक हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

आज देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गरिएको थियो । आज देखिएका कोरोना संक्रममितहरुमध्ये २७४० महिला र १२०५ पुरुष.रहेका छन् । हाल देशभर २४ हजार ६६५ सक्रिय संक्रमित छन् ।

२४ घण्टामा ५ हजार ३६४ कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा ५ हजार ३६४ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ५ हजार ३६४ संक्रमित निको भएका हुन् ।

यो सँगै नेपालमा कोरोना जित्नेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ छ ।
तथ्यांक अनुसार सरकारले हालसम्म १६ लाख ४३ हजार ८९९ पीसीआर परीक्षण गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार