आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

धरानमा दुईजना कोरोना संक्रमित महिलाको मृत्यु

मंगलबार, मंसिर २ २०७७

बिराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सोमबार सुनसरी र तेह्रथुमका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–८ कि ३८ वर्षीया महिलाको सोमबार बिहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

त्यसैगरि, तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ । रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार