काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आफ्नो ट्वीटमा जो बाइडेनले चुनाव जितेको उल्लेख गरेका छन् ।
आइतबार गरेको ट्वीटमा ट्रम्पले निर्वाचनको परिणाम आएपछि बाइडेनले चुनाव जितेको उल्लेख गरेका हुन् ।
ट्रम्पले बाइडेनले चुनावमा हेराफेरी गरेर जितेको उल्लेख गर्दै मतगणनामा प्रतिनिधिलाई अनुगमन गर्न नदिएको, मतगणनाको प्रक्रियामा निजि कम्पनी सहभागी भएको आरोप लगाएका थिए ।
ट्रम्पले ट्वीटमा फेक मिडिया र बाइडेन समर्थक मिडियाको समेत आलोचना गरेका छन् ।
हरेक दिन चुनावमा हेराफेरी भएको भन्दै कैयौ ट्वीट गर्ने ट्रम्पले पहिलो पटक बाइडेन चुनाव जितेको ट्वीट गरेपछि गरेका ट्वीटमा भने आफुले चुनाव जित्ने दाबि गर्न भने छोडेका छैनन् ।
प्राप्त सबै राज्यको मतपरिणाम अनुसार बाइडेनले ३०६ इलेक्ट्रोल मत जितेका छन् भने ट्रम्पले २३२ मत जितेका छन् ।