सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपालमा थप २१ सय ११ जनामा कोरोना संक्रमण, थप १५ जनाको मृत्यु

शुक्रबार, कार्तिक २८ २०७७

काठमाडौं, २८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ सय ११ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५८ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज नेपालमा थप १९१३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १९१३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ४ हजार २४२ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४९ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ६४ हजार ५९२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८०.५ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार