बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

काठमाडौं उपत्यकामा थपिए १२६१ कोरोना संक्रमित

बुधबार, कार्तिक २६ २०७७

काठमाडौं, २६ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी भक्तपुरमा ८१ र ललितपुरमा २०४ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल १२६१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या दुई लाख नाघेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार