काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको प्रशासनिक विकास,श्रम र सामाजिक मामिला मन्त्रालयद्वारा कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानूनहरूको बारेमा नेपाली समुदायको लागि सचेतना, अनलाईन (जुम भर्चुअल) कार्यक्रम २०२० शुक्रबार मन्त्रालयका रोजगार खण्डको स्थानान्तरण प्रमुख, यूसुफ अली अब्दुलनूरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा कतारको नयाँ श्रम नियम अनुसार अब नेपालि श्रमिक घरेलु कामदार र वर्करको न्यूनतम पारिश्रमिक १ हजार क्यु.रि. हुनेछ । जसअनुसार बेसिक तलब १ हजार, खानाको लागि ३ सय गरेर १३०० क्यु.रि. हुनेछ । यदि कम्पनीले बस्ने आवासको व्यबस्था नगरेको खण्डमा आवासका लागि छुट्टै ५ सय क्यु.रि. दिनुपर्ने व्यवस्था गरिएको छ । फुल प्याकेजमा जोडेर न्युनतम १८०० क्यु.रि. पाउने गरी नयाँ कानुन आगामी २०२१ मार्च देखि कार्यान्वयन हुने बताएको छ ।

साथै अर्को कम्पनीमा जान चाहेमा आवश्यक प्रक्रिया पुरा गरेर सहजै (एनवोसी लेटर) बिनानै जान सकिने छ । बिशिस्ट अतिथिहरुमा,कतारस्थित नेपाली दूतावासका श्रम परामर्शदाता श्रीकृष्ण प्रसाद खनाल, जागरूकता मार्गदर्शन र श्रम संगठन विभाग प्रमुख अली साल अल खलाफ,निरीक्षण अनुभाग प्रमुख मोहम्मद सईद अल मैरी, अतिथिमा, एनआरएनए आईसीसी सचिव आरके शर्मा, एनआरएनए मध्यपुर्ब संयोजक प्रबीन गुरूङ, एनआरएनए आईसीसी सल्लाहकार टीबी कार्की, एनआरएनए मध्यपुर्ब युवा संयोजक राज रेग्मि, एनआरएनए आईसीसी मनार्थ परिषद सदस्यहरु, आईसीसी सदस्यहरु, एनआरएनए एनसीसी सल्लाहकारहरु, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल लगायत वैचारिक तथा बिभिन्न संघसंस्थाका प्रमुखहरु,पत्रकार, समाजसेवी व्यवसायीहरु, कार्यसमितीका पदाधिकारी हरुको सहभागी रहेको थियो।

प्रमुख अतिथि, यूसुफ अली अब्दुलनूर लगायत विशिष्ट अतिथिहरुले कतारमा कार्यरत आप्रावासी नेपालिहरुको न्युनतम तलब बारेमा स्पोनसर परिवर्तन सम्बन्धमा साथै अन्य समस्याहरुको समाधानको लागि जिज्ञासा, प्रश्न राखेर स्पष्ट पार्ने मौका दिएकोमा नेपाली नियोग, एनसीसी कतार,आईसीसी कतार परिवार तथा प्रत्यक्ष, तथा अनलाइमा सहभागी सबैलाई धन्यवाद दिदै आयोजक लाई बधाई दिएका छन् ।

संघका अध्यक्ष एवं कार्यक्रमका सभापति मोहम्मद मुक्तदा मुसलमानले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै, कोरोनाको कहरमा नेपाली श्रमिकहरुलाई २ चरण सम्म खाद्यन्न प्याकेज वितरण गरेकोमा कतार श्रम मन्त्रालय, कतार सरकारलाई बिशेष धन्यवाद आभार प्रकट गरे। साथै कार्यक्रम सफल पार्न सहभागी सम्पूर्णमा आभार व्यक्त गर्नुका साथै यस विषयमा अझै केहि नबुझेका कुराहरू यदि छन् भने एनसीसी कतारको आधिकारिक इमेल ठेगानामा जिज्ञासाहरू पठाउन र सबैको जिज्ञासा सम्बन्धित मन्त्रालयबाट जानकारी लिएर उत्तर दिने, एनसीसी कतारले आगामी दिनहरूमा हरेक महिना आप्रवासी नेपाली श्रमिकहरुलाई प्रत्यक्ष सहभागी गराई हरेक किसिमको समस्यालाई निराकरण गर्न सचेतमुलक कार्यक्रम आयोजना गर्ने,थप प्रभावकारी बनाउने प्रतिबद्दता जनाउँदै कार्यक्रम विसर्जन गरेका थिए।
गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका महासचिव पदम गिरीले संचालन गरेको कार्यक्रम अपरान्ह १ बजे सुरु भएको थियो । एनसीसी, आईसीसी कतारले कोरोनाको भयावह परिस्थितिमा कतार सरकारको सम्बन्धित मन्त्रालयहरु सित तथा दोहामा क्रियाशिल विभिन्न संघ-संस्थाहरु संग प्रभावकारी समन्वय गरी आप्रवासी पीडित नेपालीहरुको लागि चरणबद्द रुपमा खाद्यान्न वितरण, टिकट काट्न नसकी स्वदेश फर्किन नसकेका पीडितहरुलाई टिकट उपलब्ध गराइ, सहजीकरण बनाउनुका साथै पीडित हरुलाई मलम पट्टि लगाउन सफल भएको छ। यस कार्यले अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रै छाप राख्न सफल भएको छ।