आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पछिल्लो २४ घण्टामा २७५३ कोरोना संक्रमित थपिए, २२०६ जना डिस्चार्ज

शनिबार, कार्तिक २२ २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ सय ६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ५५ हजार १ सय १४ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार