शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कोरोनाका कारण विश्वभर झण्डै ४ करोड मानिस सङ्क्रमित

आइतबार, कार्तिक २ २०७७

काठमाडौं, २ कात्तिक । कोरोना भाइरस कोभिड-१९ का कारण विश्वभर झण्डै ४ करोड मानिस सङ्क्रमित भएका छन् ।

हालसम्म विश्वभर ३ करोड ९९ लाख ४५ हजार २ सय मानिसमा कोरोनको सङ्क्रमण देखिएको छ । सङ्क्रमित भएका मध्ये २ करोड ९८ लाख ८४ हजार मानिस भने उपचार पछि स्वस्थ भएका छन् ।

हाल सम्म विश्वभरि कोरोनाका कारण ११ लाख १४ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै ८३ लाख ४२ हजार मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । अमेरिकामा २ लाख २४ हजार २ सय ८२ जनाको मृत्यु भएको छ ।

यस्तै भारतमा ७४ लाख ९२ हजार ७ सय २७ जना सङ्क्रमित हुँदा १ लाख १४ हजार मानिसको मृत्यु भएको छ ।

ब्राजिलमा ५२ लाख २४ हजार मानिस सङ्क्रमित भएका छन् भने रसियामा १३ लाख ८४ हजार सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार