शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

मध्यपूर्व श्रमसम्बन्धमा मात्र सीमित रहनेछैन : परराष्ट्र मन्त्री ज्ञवाली

शनिबार, कार्तिक १ २०७७

काठमाडौँ । गैरआवासीय नेपाली संघ अन्तर्गत सातौं मध्यपूर्व क्षेत्रीय बैठक शुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेका छन् ।

‘गैरआवासीय नेपालीहरुको आजको आवश्यकता, स्वास्थ सुरक्षा, सहज फिर्ती एबम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चिता’ मूख्य नारा रहेको बैठकले मध्यपुर्वमा कार्यरत नेपाली कामदारहरुको समस्या, समाधान र मध्यपुर्वको देशहरुसंग कुटनैतिक सम्बन्ध, कोरोना भाइरसका कारण मध्यपुर्वबाट नेपाल फर्किएका युवाहरुको ब्यबस्थापन पक्षमा नेपाल सरकार र गैरआवसिय नेपाली संघले खेल्नुपर्ने भुमिका र ब्यबस्थाबारे छलफल हुने जनाइएको छ ।

बैठकलार्ई संवोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले मध्यपूर्व प्रमुख श्रम गन्तब्यमा मात्र सीमित नराख्ने बताएका छन् । उनले भने–‘ नेपाल र मिडिलइष्टको सम्बन्ध श्रमसम्बन्धमा मात्र सीमित रहनेछैन, अव बिस्तृतिकरण गर्दै लैजाने छौ ।’

मन्त्री ज्ञवालीले श्रमसम्बन्धलाई बदलेर पर्यटन, लगानी तथा निर्यातमा बिस्तार गर्न कुटनैतिक पहल थालिसकिएको बताए । मध्यपूर्वमा रहेका झण्डै १५ लाख नेपालीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई धानेको हुँदा मध्यपूर्वलाई नेपाल सरकारले पनि प्राथमिकतामा राखेर हेरेको मन्त्री ज्ञवालीको भनाई छ ।

कोरोना महामारीबाट मध्यपूर्वमा रहेका नेपालीहरुले रोजगार गुमाउनु परेको छ यस अवस्थामा मध्यपूर्वका देश तथा त्यहाँका सरकार, नेपाली दूतावास र एनआरएनले खेलेको महत्वपूर्ण भूमि प्रति मन्त्री ज्ञवालीले प्रसंसा गरे । नेपाल सरकारले पनि समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सफल भएको र अव स्वदेशमा नै रोजगार सृजना गर्न लागि रहेको बताए ।

मध्यपूर्वमा रहेका नयाँ नयाँ प्रविधिले कसरी उत्पादन क्षेत्र तथा कृषिमा काम गरिरहेका छन् त्यहाँ सिकेको सीप र ज्ञानलाई स्वदेशमा लगाउन मध्यपूर्व वैठक सफल हुन नसकोस् भनेर कामना गरे । नेपाल सरकारले बाध्यतात्मक वैदेशिक रोजगारलाई आगामी केही बर्षमा अन्त्य गर्न लागेको मन्त्री ज्ञवालीले बताए ।

मध्यपूर्व बैठकले त्यहाँ रहेका १५ लाख नेपाली र स्वदेशमा फर्किएका नेपालीहरुका लागि ठोस निष्कर्ष निकालोस् भन्दै मन्त्री ज्ञवालीले बैठकको पूर्ण सफलताको कामना गरे ।

मध्यपुर्व संयोजक प्रविण गुरुङको सभापतित्वमा चलिरहेको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, मध्यपुर्वका सबै देशहरुका राजदूत, एनआरएनका संस्थापक तथा पदाधिकारीको उपस्थिति रहेको छ ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अतिथ्यतामा कतारको दोहाबाट अनलाईन प्रविधिको प्रयोग गरी वैठक चलिरहेको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको विचमा आयोजना भईरहेको यो भेलामा विगत देखि नै उठान गरिदै आएको मध्यपूर्व क्षेत्रका नेपालीहरुका क्षेत्रीय मुद्दाहरु, यस क्षेत्रबाट अभियान र राष्ट्रको लागि दिन सकिने योगदान, कोभिड प्रकोपसँग जुध्न यस क्षेत्रका एनसीसीहरुले खेलेको भूमिकाको समिक्षा हुने संयोजक गुरुङको भनाई छ ।

कोभिड १९ को कारणले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई असर गरेपछि घरफिर्ती, रोजगारी र पुनएकीकरणमा वैठक केन्द्रित रहने संयोजक गुरुङ बताउँछन् ।

एनआरएनए एनसिसिहरु बिच निशुल्क सदस्यताका बारेमा छलफल
शुक्रबारदेखि शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौं क्षेत्रीय भेलामा संघले अघि सारेको अनलाइन भोटिङ्ग, निःशुल्क सदस्यता, प्रतिनिधी चयन, विधान संशोधन लगायतका विषयमा व्यापक छलफल भएको छ।

क्षेत्रीय बैठकमा संघको पोलिसि एण्ड अर्गनाइजेशन प्रोसिडर सेसनमा बोल्ने मध्यपूर्वका राष्ट्रिय समितिका अध्यक्षहरुले आगामी निर्वाचन अनलाइन भोटिङ्ग मार्फत हुनु पर्नेमा जोड दिए ।

गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष महमद मुक्तदाले संघको निःशुल्क सदस्यता वितरणको विषयलाई थप अध्ययन गरेर अघि बढ्न सकिने विचार व्यक्त गरे । उनले संघको आगामी निर्वाचन अनलाइन मार्फत गर्दा उचित हुने तर्क गरे ।

गैरआवासीय नेपाली संघ बहराइनकी अध्यक्ष लक्ष्मी गिरीले ग्राउण्डमा काम गर्दा आर्थिक समस्या हुने बताउँदै निःशुल्क सदस्यता वितरण गर्नुअघि उचित विकल्प ल्याउन सुझाउ दिइन् । उनले कोभिड १९ को प्रभावपछि संघको लोकप्रियता बढेको बताइन् । उनले डिजिडल युगमा टाउको गनेर मतदान गर्ने सिस्टम हटाउनु पर्ने तर्क गरिन् ।

गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोइरालाले छिटोभन्दा छिटो विधान संशोधन गरे अविलम्व अनलाइन भोटिङ्गमा जाने निर्णय गर्न सुझाव दिए ।

एनआरएनए साउदी अरबका अध्यक्ष तेज बहादुर थापाले हाम्रा भन्दा राम्रा मान्छेहरु नेतृत्व ल्याउन प्रविधीमैत्री बनाउनु पर्नेमा जोड दिए । उनले निःशुल्क सदस्यता वितरणले मध्यपूर्वका श्रमिकहरुको आवाजलाई समेटेको बताए । उनले निःशुल्क सदस्यता वितरण सम्वन्धी प्रस्तावमा पूर्ण रुपमा समर्थन रहेको जनाए । उनले संघको निर्वाचनमा किन्ने र बेच्ने चलखेलको अन्त्य गर्न अनलाइन भोटिङ्गमा जान आवश्यक रहेको वताए । उनले संघले अघि सारेका प्रस्तावहरु कार्यन्वयन गर्ने तिर लाग्न सबैलाई आग्रह गरे ।

एनआरएनए ओमानका अध्यक्ष सेमन्त पुर्जा पुनले कोभिड १९ का बीच सकरात्मक रुपमा आएको निःशुल्क सदस्यता सम्वन्धी प्रस्ताव अध्ययन गरेर आएको वताए । उनले संस्था प्रगतिशिल हुदै आएको बताए । उनले बिभिन्न एनसीसीहरुमा फरक फरक व्यवस्था रहेको वताए । उनले अनलाइन भोटिङ्गमा जाने केन्द्रीय निर्णय स्वागत योग्य कदम भएको बताए । उनले प्रतिनिधी दर्ता शुल्क खारेज गरिएकोमा प्रसन्ता प्रकट गरे ।

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले निःशुल्क सदस्यता वितरण सम्बन्धी प्रस्ताव सकरात्मक रहेको बताउँदै सदस्यता निःशुल्क सम्वन्धी प्रस्तावको निर्णय गर्ने अधिकार राष्ट्रिय समितिलाई दिएर जान सकिने बताउदै छलफललाई बढाउदै ब्यतिगत भन्दा सन्स्थागत निर्णय गर्नुपर्ने बताए ।

संघका अर्का सल्लाहकार टिबी कार्कीले संघले अघि सारेको निःशुल्क सदस्यता सम्वन्धी प्रस्ताव मध्यपूर्वका नेपालीहरुको आवाज भएको बताए । उनले आयस्रोत जुटाउन नसक्ने एनसीसीहरुलाई विकल्प दिएर अघि बढ्न सकिने बताए । उनले संघका निर्वाचनमा हुने बेथितीलाई व्यवस्थित गर्न नयाँ प्रस्ताव ल्याइएको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री केसी, मन केसि ,महासचिव डा. हेमराज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रवक्ता डिबी क्षेत्री लगायतले आआफ्ना भनाईहरु राखेका थिए । सम्मेलन आजपनि चलिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार