शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मुस्लिम संघका अध्यक्ष सत्तारद्धारा गृहजिल्लाका विद्यार्थीका लागि १५ हजार मास्क हस्तान्तरण

बिहिबार, असोज २९ २०७७

गोरखा / नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपालका अध्यक्ष अब्दुल सत्तारले पालुङ्टार नगरपालिकाका विद्यालयका छात्रछात्राका लागि १० हजार थान मास्क बितरण गरेका छन्।

पार्टीको क्रियाशील सदस्यता वितरणका शिलसिलामा पालुङ्टारमा बिहिबार आयोजित कार्यक्रमकाबीच मुस्लिम संघका अध्यक्ष सत्तारले नेपाली कांग्रेस पालुङ्टार नगर समितिका सभापति एवं पालुङ्टार नगरपालिकाका मेयर दिपकबाबु कँडेलमार्फत १० वटै वडाका विद्यालयका लागि ती मास्क हस्तान्तरण गरेका हुन्।

अध्यक्ष सत्तारले गोरखाकै अजिरकोट गाउँपालिकामा क्रियाशील बितरण कार्यक्रमका बीच त्यस क्षेत्रका विद्यालयका लागि २ हजार मास्क हस्तान्तरण गरेका थिए। शिक्षक संघका दीपक दुवाडीमार्फत उनले ती मास्क हस्तान्तरण गरेका हुन्।

यसैगरी, सिरानचोक गाउँपालिका वडा नं ३ हर्मीका विद्यलाय तथा वडाबासीका लागि उनले ३ हजार ५०० मास्क पठाएको वडाध्यक्ष एवं कांग्रेस वडा सभापति बीरबहादुर थापाले बताएका छन्।

कोरोना महामारीका कारण मुलुकको शिक्षा क्षेत्र नराम्ररी प्रभाबित भएको छ। शिक्षा क्षेत्रमा अभिभाबकको रुपमा रहेको सरकारको समेत ध्यान पुग्न नसेकेको यस्तो बेलामा मुस्लिम संघका अध्यक्ष सत्तारले विद्यार्थीका लागि लक्षित गरी मास्क बितरण गरेकोलाई स्थानीयले प्रशंसा गर्दै आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार