काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसंगै देशभर कुल सङ्क्रमितको सङ्ख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १६ हजार ५५८ जनाको पिसिआर परीक्षण गरिएको बताए ।
उनका अनुसार विगत २४ घण्टामा ३ हजार ५६४ जना कोरोना सङ्क्रमण निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म ८५ हजार ५१८ जना निको भएको छन् । उनका अनुसार ३६ हजार ५३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी चार हजार ८२५ जना क्वारेन्टिनमा रहेका छन् ।
https://www.facebook.com/mohpnep/videos/3403711286380725/