काठमाडौं(जस)–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको एन्टिजेन परीक्षणका लागि अधिकतम शुल्क १ हजार रुपैयाँ तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड १९ को चौथो संशोधन स्वीकृत भएको भएको जनाउँदै परीक्षणको शुल्क पछि परिमार्जन हुँदै जाने बताए । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन, इमरजेन्सी युज अथोरोइजेसनबाट मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट स्वीकृत भएका किटमात्र सूचिकृत हुनुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति पाएका प्रयोगशालालाले मात्र यो परीक्षण गर्न पाउनेछन् ।
बायोसेफ्टी प्रोटोकल नमुना संकलन परीक्षण विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकेबमोजिम हुनेछ । परीक्षणको नतिजा पोजिटिभ आएका इडिसिडी र सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय समुदायमा परिक्षण गर्नुपर्ने अवस्थामा एन्टिजेन परिक्षणबाट गरिन्छ । यद्यपी यसको प्रभावकारिताका बारेमा भने विवाद नै रहेको छ ।