शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पछिल्लो २४ घण्टामा थपिए ३५५६ कोरोना संक्रमित, १५०३ जना डिस्चार्ज (भिडियोसहित)

मंगलबार, असोज २७ २०७७

काठमाडौं(जस)–नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ सय ३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७८ हजार ७ सय ८० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २० हजार ८ सय ६७ रहेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ६३ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/369720631053413/

प्रतिक्रिया
सम्बन्धित समाचार