जनसवाल संवाददाता
झापा। झापाको बिर्तामोडमा अवस्थित बि एण्ड सि हस्पिटलले सरकार द्वारा बिमारिहरुको सुविधाको लागि दिइएको बिमाको सुविधा लिन खोज्दा दोश्रो दर्जाको सेवाग्राहीको व्यवहार गर्ने गरेको छ। बिहान ९ १० बजे सेवा लिन पुग्ने बिमारीहरुले पुरै दिन हस्पिटलमा नै बिताउनु पर्ने गुनासो गरेका छन।
बिमाको लागि तुरुन्त नाम दर्ता नगरिने र कुनै अन्य हस्पिटलबाट रिफर भएर आउनु पर्नेबाट सुरु हुने बेथिति यहाँ को अव्यवस्थित कार्यशैलीबाट अझ असहज देखिन्छ। १०औ पटक यो हस्पिटलमा आइ सक्नु भएकी सुरुङ्गा निवासी दिलमाया श्रेष्ठ हस्पिटलको कार्यशैली देखि निराश हुनुहुन्छ। ” ८० बर्षे बुढा बुढी लिएर आउदा पनि बाहिर राखेर आफू लाइन लाग्नु पर्ने, डाक्टर भेटी सके पछि पुनः २ ३ घण्टा लाइनमा बसेर दबाइको लागि छाप लगाउनु पर्ने अझ कर्मचारिको रुखो स्वर सुन्नु पर्ने” कस्तो ब्यवस्थापन हो यो?” वहाँ भन्नुहुन्छ।

कोभिडको प्रकोप भएको यो समयमा सामाजिक दुरिको नियम हस्पिटलमा नै न अपनाइनु अत्यन्त जटिल हो वहाँ ले थप्नु भयो।
त्यस्तै चन्द्रगढी निवासी पंकज भट्टराई भन्छन , ” बिमारि भएर आइने यहाँ अझ बिमार हुइन्छ, यत्रो हस्पिटलमा न टोकनको ब्यवस्था छ न सहानुभूति। घन्टौ लाइनमा लागे पश्चात केही बेर पानी खाजा खान जादा , फर्कदा आफ्नो ठाउको लागि झगडा पनि पर्ने गरेको देखिन्छ”

सेवाग्राही शर्मिला देवि भन्नुहुन्छ ” हामिले जबर्जस्ति त गरेको हैन नि, सरकारले सुविधा दियो, यो हस्पिटलले बिमा स्विकार गर्यो , हामी सेवा लिन आयौ। किन यो हेपाहा पद्धति हामी बिमाकार्ड बोकेर आउने लाई? छाप हान्ने, प्रमाणिकरण गर्ने आदि सबै एकै ठाउँ राखिएको छ, कमसेकम यिनिहरुलाइ छुट्टै राखेर सहज बनाउन सकिन्न? उहाले थप्नु भयो।
भर्खर मात्र केही डाक्टर स्वयं कोरोना संक्रमित भएको यो हस्पिटलमा सामान्य सुरक्षाको मापदण्ड पनि अपनाइएको देखिन्न। बिमा मार्फत सेवा लिन चाहने बिमारीहरु लाई काउन्टर भित्र बाट बोलिने रुखो शब्दहरु अझ निन्दनिय छ, सेवाग्राही उमेस देवकोटा भन्नू हुन्छ।
