काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार, स्वकीय सचिव र फोटोग्राफरसहित बालुवाटारमा खटिएका ६३ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको पीसीआर परीक्षणमा मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारी र फोटोग्राफर राजन काफ्लेसहित नेपाली सेनाका २८ जना, शसस्त्र प्रहरीका १८ जना र नेपाल प्रहरीका १७ जना गरी ६८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।