बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पीसीआर परीक्षण् निःशुल्क गर्न सर्वोच्चको परमादेश

शुक्रबार, असोज १६ २०७७

काठमाडाँै(जस)–सर्वोच्च अदालतले पीसीआर परीक्षणमा शुल्क लिन बन्द गर्न माग गर्दै दायर रिटमा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । पीसीआर परीक्षण निःशुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार