शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रहेनन कुवेतका राजा शैख सबाह अहमद अल जाबर अल सबाह

बुधबार, असोज १४ २०७७

काठमाडौं । कुवेतका नरेश /अमीर शैख सबाह अहमद अल सबाहको मंगलबार ९१ वर्षको उमेरमा निधन भएको छ। वहाँको केही समय अगाडि कुवेत मै प्रारम्भिक उपचार र शल्यक्रिया भएको थियो।तत्पश्चात थप उपचारको लागि वहाँ संयुक्त अधिराज्य अमेरिका प्रस्थान गर्नु भएको थियोे।वहाँ १६ जुन सन् १९२९ मा कुवेत सिटिमा जन्मनु भएको थियोे।उनको पूरा नाम सबाह अल अहमद अल जाबर अल सबाह हो।अरबिक नाम صباح الأحمد الجابر الصباح ‎الشيخ हो।वहाँ आफ्नो कार्यकाल भरी कुवेती सेनाको सुप्रिम कमान्डर पनि हुनु हुन्थ्यो।वहाँले कुवेतको राष्ट्रिय सभाको अनुमोदन पश्चात सन् २००६ जनवरी २९ दिनका दिन पाँचौ कुवेती अमीरको हैसियतले शपथ ग्रहण गर्नु भएको थियोे।त्यसपछि आफ्नो जिवनको अन्त्य अर्थात २९ सेप्टेम्बर सन् २०२० सम्म कुवैती अमीरको हैसियतमा रहनु भयो।

वहाँ आफ्नो बुवा शैख अहमद अल जाबर अल सबाहका चौथो छोरा थिए। वहाँ आफ्ना सौतेनी दाज्यु शैख साअद अल अब्दुल्लाह अल सालिम अल सबाह पछि कुवेतको अमीर पदमा नियुक्त हुनु भएको थियोे। कुवेती इतिहासको यात्रा जुन सन् १७५२ बाट आरम्भ भएको थियो त्यस यात्राका उनि १५ औं शासक र पाँचौ कुवेती अमीरका रुपमा रहि १४ वर्ष गद्दीमा रहनु भयो। शैख सबाह अहमद अमीर घोषित हुनु पुर्व राज्यको विभिन्न पदमा रहि देशको सेवा गरि सक्नु भएको छ।जस्तै सन् २००३ जुलाई १३ देखि ३० जनवरी सन् २००६ सम्म कुवेतको प्रधानमन्त्रीको रुपमा हुनुहुन्थ्यो।वहाँ आफ्नो देशको पहिलो उप-प्रधानमन्त्री हुनुहुन्थ्यो।यसैगरी आधुनिक कुवेतको बिदेश नितिका जन्मदाता नै मानिने वहाँ दुईपटक गरि ४० वर्ष सम्म (१९६३-१९९१ र १९९२-२००३)निरन्तर कुवेतको परराष्ट्रमन्त्रीको पदमा हुनु हुन्थ्यो।वहाँले सन् १९७८ मा दोस्रो आन्तरिक मामिला मन्त्रालय,सञ्चार मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो।वहाँले केही समय कुवेतको अर्थ मन्त्रीको जिम्मेवारी पनि सम्हाली सक्नु भएको छ।

अरब दुनियाँमा अत्यन्तै शान्त स्वभाव,मिलनसार र शान्ति प्रेमी नेताको रुपमा शैख सबाह अहमद सुपरिचित हुनु हुन्थ्यो।वहाँ आफ्नो विशेष मानवीय कार्य तथा मेलमिलापमा अनुकरणीय योगदान गर्ने र समन्वयकारी भूमिकाको कारण संयुक्त राष्ट्रसंघ द्वारा शान्ति प्रेमी अरब नेताका रुपमा सम्मानित हुनु भएको थियोे।वहाँलाई थुप्रै उपाधीहरु बिभुषित गरिएको छ भने वहाँ एउटा उपाधी भनेको मानवताका राजकुमार “Prince of Humanity हो।उसै पनि अरब जगतको आपसी दिगो सम्बन्ध र बलियो आत्मीयता कायम राख्न शेख सबाह अल अहमदले खेलेको अनुसरणिय योगदान लाइ अरब तथा बिश्व इतिहासमा सदैव सुनौला हरफहरु द्वारा दर्ज गरिनेछन् ।विशेषत:पछिल्लो केही वर्ष बाट जारी खाडी समस्या समाधानमा शेख सबाह अलअहमदले खेलेको भुमिका त अत्यन्तै महत्त्वपूर्ण रूपमा रहेको छ।

मोहम्मद रमजान अली मियाँ

आफ्नो जीवन को बुढ्यौली र ९ औं वसन्त पारी गरिसक्नु भएको शैखको पछिल्लो गतिविधि हेर्ने हो भने उनी यस बुढ्यौली उमेरमा पनि आफ्ना छिमेकी अरब मुलुकहरु र यस जगतकै आपसी मेलमिलाप तथा साझा मुद्दाहरुमा समझदारी एवं पारस्परिक सम्बन्ध बिकास र एकता निर्माणमा निरन्तर कहिले कतार त कहिले साउदी अरब त कहिले अन्य अरब मुलुकहरूको यात्रामा रहको पाइन्छ।शैखले कतार माथिको अघोषित नाकाबन्दी अन्त्य गर्न खेलेको भुमिका र प्रयास सदैव अविस्मरणीय रहने छ।शैखले आफ्नो विभिन्न ओहोदाको कार्यकालमा बिश्व शान्तिका निम्ति अत्यन्तै प्रभावकारी भुमिका खेल्नु भएको छ।जस्तै पाकिस्तान बङ्गलादेशको विवाद समाधान टर्की र बुल्गेरिया बीचको सम्झौता पेलेस्टाइन तथा जोर्डन बिचको बिबाद समाधन लगायत अन्य थुप्रै देशका गृहयुद्ध समाप्तिमा विशेष समन्वयनकारी भुमिका खेल्नु भएको इतिहासले बताउँदछ। कतारले शैखको नाउँमा कतारकै सबैभन्दा लामो राजमार्ग तमीम अल मज्दलाइ जोड्ने अर्को अर्बिटल हाइवे सडक लाई शैख अहमद अल जाबर रिङ्गरोड नामाकरण गरेर आफ्नो आत्मीयतामा विशेष आयाम थप गरेको छ।

यसबाहेक पनि कतार र कुवेतले अरब जगत तथा बिश्वका दर्जनौं मुद्दाहरु लाई सम्बोधन गर्न विभिन्न प्लेटफर्ममा सहकार्य गरिरहेका छन।कुवेतको शैखको निधनको शोकमा ४० दिन शोक मनाउने घोषणा गरेको छ भने कतारले पनि शैख परिवार प्रती ऐक्यबद्धता जाहेर गर्दै कुवेती जनताको शैखको परिवारको शोकमा ३ दिन शोक मनाउने घोषणा गरेको छ। ।यस दु:खद घडिमा शैखका उत्तराधिकारी एवं भाइ ८३ वर्षीय शैख नवाफ अल अहमद अल जाबर अल सबाह र सम्पुर्ण कुवैती जनतामा गहिरो समवेदना ब्यक्त गर्दै शैख प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।अलविदा शैख सबाह अहमद अल जाबर अल सबाह।

मोहम्मद रमजान अली मियाँ
हाल-राष्ट्रिय मानव अधिकार समिति दोहा,कतार

प्रतिक्रिया
सम्बन्धित समाचार