बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

२४ घण्टामा १५१३ संक्रमित र १० जनाको मृत्यु, देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ (भिडियोसहित)

मंगलबार, असोज १३ २०७७

काठामडौं, १३ असोज । नेपालमा बितेको २४ घण्टामा थप थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन् भने, हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । सरकारी तथ्यांक अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ ।

यो अवधिमा १० हजार ८९१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले देशभरि २०,३९६ जनामा सक्रिय संक्रमित छन् । तीमध्ये १०,७०७ जना घरमा र अन्य संस्थागत आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.६ प्रतिशत हो। गम्भीर लक्षण भएका २१३ सङ्क्रमित सघन उपचारमा र ३४ जना भेन्टिलेटरमा रहेका छन् ।

थप १० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । मन्त्रालयले मङ्गलवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरे अनुसार नेपालमा अहिलेसम्म ४९१ सङ्क्रमितको मृत्यु भएको छ ।

काठमाडौंमा ७४७ सहित उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित,

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा ३०७ महिला र ४४० पुरुष, भक्तपुरमा २८ महिला र ४५ पुरुष, ललितपुरमा ४७ महिला र ६७ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार काठमाडौंमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ गरी ८१७ कोरोना संक्रमित थपिएका थिए ।
https://www.facebook.com/mohpnep/videos/665225257745157/

प्रतिक्रिया
सम्बन्धित समाचार