बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण

सोमबार, असोज १२ २०७७

काठमाडौँ । उद्योगी व्यवसायी चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण देखिएको छ। नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष ढकाललाई आज बिहान कोरोना संक्रमण पुष्टि भएको हो । हिजो गरेको पिसीआर पोजेटिभ देखिएपछि ढकालले भने शुक्रबार भएको एउटा भेटबाट आफुमा संक्रमण भएको हुनसक्छ । शुक्रबारपछि आफ्नो सम्पर्कमा आएकाहरुले परिक्षण तथा सावधानी अपनाउनुहोला ।

ढकाल काठमाडौंको बसुन्धारास्थित घरमा सुरक्षित आइसोलेसनमा बसेका छन । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र पछिल्लो केहिदिनदेखी सम्पर्कमा आएका व्यक्तिलाई आफनो परिक्षण गर्न तथा सर्तक बस्न समेत आग्रह गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार