काठमाडौं । गत २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ७३ जनासहित देशभर कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ ।
यस्तै डिस्चार्ज हुनेको संख्या ८ सय ८५ छ । संक्रमितमध्ये ५३ हजार ८ सय ९८ जना निको भएर घर फर्किएका छन् भने ४ सय ७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
थप १० जनाले ज्यान गुमाए
नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको ज्यान गएको स्वास्थ्य मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरे ।
मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ४ सय ७७ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/327732691817620/