बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विश्वमा कोरोनाबाट ज्यान गुमाउने संख्या १० लाख नजिक

आइतबार, असोज ११ २०७७

काठमाडौं, ११ असोज / कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा ज्यान गुमाउने संख्या १० लाख नजिक पुगेको छ । पछिल्लो अपडेट अनुसार विश्वभर ९ लाख ९८ हजार ६ सय ७७ जनाले ज्यान गुमाएको वल्डोमिर्टसले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९७ जनाले ज्यान गुमाए ।

यस्तै, विश्वमा तीन करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकका गरी २ करोड ३० लाख ४६ हजार २ सय ९० पुगेको छ ।

विश्वभरका संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा थप २ लाख ९३ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार