काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । आउँदो ३० अक्टोबर २०२०, शुक्रबारका दिन बिहान ८ बजेबाट हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराउँदै रक्तदान कार्यक्रममा सहभागिताको लागि संघले आग्रह गरेको छ ।
‘यस रक्तदान कार्यक्रम एनसीसीको समन्वयमा कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरु पनि आयोजक संस्थाको रुपमा रहने भएकाले संस्थागत सहभागी र रक्तदाताहरुको विवरण २३ अक्टोबर २०२० सम्ममा एनसीसी कतारलाई पठाउनुहुन हार्दिक अनुरोध गर्दछु’, संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कतारमा स्थापित सम्पूर्ण संघ संस्था प्रमुख ज्यूहरू,
कतारमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरू,
सम्पूर्णमा अस्सालमोआलैकुम नमस्कार!
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आउदो ३० अक्टोबर २०२०, शुक्रबारका दिन बिहान ८ बजेबाट हमाद हस्पिटलको Blood Donor Center मा रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै रक्तदान कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु।
यस रक्तदान कार्यक्रम एनसीसीको समन्वयमा कतारमा स्थापित सम्पूर्ण नेपाली संघ संस्थाहरु पनि आयोजक संस्थाको रुपमा रहने भएकाले संस्थागत सहभागी र रक्तदाताहरुको विवरण २३ अक्टोबर २०२० सम्ममा एनसीसी कतारलाई पठाउनुहुन हार्दिक अनुरोध गर्दछु।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार