बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पछिल्लो २४ घण्टामा ११७२ संक्रमित थपिँदा ७ जनाकाे मृत्यु, ४९ हजार ९५४ जना डिस्चार्ज (भिडियोसहित)

बुधबार, असोज ७ २०७७

काठमाडौं । आज (बुधबार) थप एक हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८९३ जना डिस्चार्ज भएका छन् । क्वारेन्टिनमा ७ हजार १०४ जना रहेका छन् । आइसोलेसनमा १७ हजार ४१४ जना छन् ।

पछिल्लो अपडेटसँगै देशभर कुल कोरोना संक्रमित संख्या ६७ हजार ८०४ पुगेको छ । संक्रमितमध्ये ४९ हजार ९५४ जना डिस्चार्ज भइसकेका छन् । हालसम्म ९ लाख ४४ हजार ४७४ जनाकाे पीसीआर परीक्षण भएकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा थप ७ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृतक संख्या ४३६ पुगेकाे छ ।
https://www.facebook.com/mohpnep/videos/360422825328350/

प्रतिक्रिया
सम्बन्धित समाचार