बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

थप १,३५६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ६६,६३२ पुग्यो (भिडियोसहित)

मंगलबार, असोज ६ २०७७

काठमाडौं, ६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज (मंगलबार) ८२३ जना निको भएका छन् ।

हालसम्म ४८ हजार ०६१ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको पिसिआर परीक्षण भएको छ ।
https://www.facebook.com/mohpnep/videos/853954932077532/

प्रतिक्रिया
सम्बन्धित समाचार