अगष्ट महिनाको खाडिको चर्को गर्मी यसको साथै बिश्वलाइ नै त्रसित बनाइ रहेको (Covid_19) कोरोना कहरको महामारीले उग्र रुप लिदै जताततै चरम उत्सर्गमा नयाँ उचाई लिइरहेको थियो । मनमा भय र त्रासको मनोदशाले डेरा जमाइ रहेको परिस्थितिमा सुरक्षित साथ नै आफ्नो नियमित कार्यहरु गर्दै दिनहरु बिताइ रहेको थियो ।
अगष्ट १२ को दिन अकस्मात मलाइ हल्का ज्वरो आउने, टाउको दुख्ने, खाना मन नलाग्ने र शरीर कमजोरी भयो र मलाइ शंका लाग्न थाल्यो के मलाइ पनि कोरोना त लागेन भनेर …! मैले कम्पनिको म्यानेजरलाई कल गरेर म बिरामी भएको जानकरी दिए । तत्कालै मैले रूम परिवर्तन गरे र अन्य साथिहरुबाट अलग्गै बसे ।

मनमा कोरोनाको कालो बादलले चारै तिर ढाकेर सारा दिलको आकाश अँध्यारो बनाइ रहेको थियो र पनि सकि नसकी मेरो सिरानिको साथमा राखेको मोबाइल समाएर केही महिना अगाडि कोरोनालाइ जितेर आउनु भएको मेरो नजिकैको एकजना मित्रलाई कल गरे र आफ्नो समस्याको फेहरिस्ता पोखे” ।
उहाँले सहानुभुती दिदै आफ्नो अनुभवमा कोरोनाको लक्षणहरु मलाई सुनाइ रहदा म छाङ्गोबाट खसे जस्तै भए एकै छिन मेरो आवाज नै रोकियो मेरो छातीमाथी एक टन चट्टानको टुक्रा आएर थिचेको महसुस भयो किनभने उहाँको अनुभूति, भोगाइ र समस्याहरु म सङ्ग करिव करिव 90% मेल खाएको थियो । मन हतास भए जस्तो डराएको जस्तो भयो मैले आफुलाई सम्हालिदै मनोबल बलियो बनाउदै ह्या सामान्य रुघा खोकी नै हो मलाइ केही भएको छैन भन्दै आफुले आफैलाई सम्हाल्न खोजे ।
समस्या जटिल हुँदै गै रह्यो ज्वरोले आफ्नो सिमा नाघी सकेको थियो श्वासप्रश्स्वासमा झनै समस्या आउन थाल्यो वान्ता हुने, टाउको धेरै दुख्ने हुन थाल्यो, म हतार हतार हमाद हस्पिटल गए र चिकित्सकले मलाइ केही थान औषधिको पोको हातमा थम्याएर यो औषधि खानु ठिक हुन्छ भनेर मलाइ आफ्नो कोठामा फर्काइदियो तर मलाइ उक्त औषधिले केही काम गरेन ।

अगष्ट १४ तारिख बिहानै म पुन: हस्पिटल गए ! डाक्टरको सल्लाह बमोजिम मलाई तत्कालै अस्पतालमा भर्ना गरियो । १३ दिन अस्पतालमा (आइसियु र आइसोलेसन) कक्षमा उपचार र २५ दिन क्वारेन्टिनको बसाइ गरि जम्मा ३८ दिन पश्चात् थप एक हप्ता सेल्फ क्वारेन्टाइनमा बसेर पुन: सदा झै कम्पनिको नियमित काममा फर्किएको छु ।
कोभिड_१९ पोजिटिभ भएर १३ दिनको ICU र Isolation राखेर मलाइ बचाउन धेरै मेहनत गर्नु भएको हमाद हस्पिटलका सबै चिकित्सक र कर्मचारीहरुलाई म ह्र्दयदेखि नै धेरै धेरै धन्यवाद र कतार सरकारप्रति नतमस्तक छु, आभारी छु ।
दुखको कुरा मलाई कसैको अनुहार थाहा छैन तर उहाँ मित्रहरुलाइ जति नै प्रसंशा गरे पनि कम हुन्छ । म ऊनीहरुलाई कहिलै बिर्सन सक्दिन । लाग्छ ऊनीहरुले लगाएको गुन कहिलै तिर्न सक्दिन जस्ले मेरो लागि दैनिक आबश्यक पर्ने सामानहरु पुर्याउनलाइ हस्पिटल सम्म आउनु भयो । अनि हरेक पल पलमा कल गरेर मेरो बारेमा जानकारी लिनु भयो । यो परदेशमा बिरामी भएर बस्दा पनि म आफनै परिवारसङ्ग भएको अनुभूति महसुस गरि धेरै साथीहरूहरुबाट आश्ववासन र सान्त्वना पाइ रहे । आज उहाँहरुकै माया र ममताले लाग्छ, मैले नयाँ जिबन पाएको अनुभव गरेको छु । आत्मिय मित्रहरु र शुभचिन्तकहरुमा पनि मुरि मुरि धन्यवाद साथै हार्दिक आभार व्यक्त गर्दछु ।

मैंले दोस्रो जिवन या पुनर्जिवन पाएको छु । आज सोच्छु” ! म कसरि कोभिड_१९ को शिकार भए । अझै सम्म उत्तर त छैन …! तर मेरो आफ्नै असावधानी र केहि हेलच्यक्रयाइ नै संक्रमण हुनुको प्रमुख कारण हो भन्ने कुरामा दुइमत छैन । सम्पुर्णमा मेरो सुझाव छ कोभिड_१९ यसलाई हामी कसैले पनि सामान्य रुघाखोकी त हो नि भनेर हेल्च्यक्रयाइ र लापरर्वाही नगर्नु होला । यो विषम परिस्थितिमा हामी अत्यन्तै सचेत र सावधानी हुनु जरुरी छ । किनभने सानो लापर्वाहिले र असावधानिले गर्दा हाम्रो ज्यान नै जोखिममा परिन्छ भने समाजमा पनि सन्क्रमण फैलिन सकिन्छ तसर्थ सुख्खा खोकी र ज्वरो आउने, अरुची बढेको छ र कमजोरी महसुस भएको छ भने तुरुन्तै हस्पिटल गएर आफ्नो PCR टेस्ट गरि सुरक्षित रहनु हुन सबै सबैमा म अनुरोध गर्न चाहन्छु । किनभने मैंले मृत्युलाई नजिकबाट हेरेर फर्किएको छु र अहिले सापटको जीवन उपाहार स्वरुप पाएको छु ।

तसर्थ हामी सचेत र सावाधानी अपनायो भने आफू बाच्न र समाजलाइ बचाउन सकिन्छ यसको साथै मनोबल बलियो बनाउने, शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि सन्तुलित भोजन, शारिरिक ब्यायम, कागती पानी तताएर पिउने गरियो भने हामीलाई कुनै पनि रोगले आक्रमण गर्न सक्दैन । अन्तमा यसैगरि मलाइ कोभिड संक्रमण भएको कुरालाइ लिएर एउटा पेशागत केही समूहले सामाजिक सञ्जालहरुमा गोसिप गर्दै “मर्दैछ” भन्ने सम्मको जुन अफवाह फैलाउने काम गरे त्यसले मलाइ अति दुख लागेको छ ।
एकजना बौद्धिक महाशयले त मलाई मेरो फेसबुक मेसेन्जरमा म ICU मा छट्पटिदै गर्दा मलाई सान्त्वना दिन त कता हो कता “कोभिड हुदै मा ICU मा त होइन होला” भन्न सम्म आँट गरे । त्यस्ता मानवता हराएका कलंक मित्रहरुलाई म सचेत गराउन चाह्न्छु समाजमा अफवाह हल्ला फिजाएर घर परिवारलाइ शोक र चिन्ता दिने र समाजलाई त्रसित बनाउने महाशायहरुलाइ भगवानले सद्बुद्धी दिउन भन्ने पनि कामना गर्दछु ।
अर्जुन सग्रौला
गो.न.पा. १४, गोरखा,
हाल: कतार