काठमाडौं । प्रवासी नेपाली मञ्च कतारका पुर्व सल्लाहकार मोहमद सिद्दकीको उपचारका लागि प्रवासी नेपाली मञ्च कतारले आर्थिक सहयोग गरेको छ । प्यारालाईसिसका कारण बिरामी परेका सिद्दकीको आर्थिक अवस्था कमजोर भएकाले प्रवासी नेपाली एकता मन्च कतारको तर्फबाट मन्च सदस्यहरु बाट १ लाख १ हजार नगद आर्थिक सहयोग गरेको मञ्चका अध्यक्ष चानक पोखरेलले जानकारी दिए ।
त्यस्तै मञ्चका पुर्व कार्यसमिति सदस्य महेन्द्र बहादुर चन्दकी धर्मपत्नि क्यान्सरका कारण चितवनमा उपचाररत रहेकोमा मञ्चले उनको आर्थिक अवस्थालाई नजर गर्दै १ लाख १ हजार सहयोग गरेको पनि पोखरेलले जानकारी दिए । सो रकम हस्तान्तरणका लागी प्रवास कमिटीका सचिव प्रताप शाह र प्रवासी नेपाली मञ्च दुबईका पुर्व अध्यक्ष श्याम कडेंलले हस्तान्तरण गरेको मञ्चले जानकारी दिएको छ ।
प्रेस विज्ञप्ति
प्रवासी नेपाली मञ्च कतारका पुर्व सल्लाहकार मोहमद सिद्दकी प्यारालाईसिसका कारण बिरामी पर्नु भएको र उहॉको आर्थिक अवस्था कमजोर भएको हुदॉ प्रवासी नेपाली एकता मन्च कतारको तर्फबाट मन्च सदस्यहरु बाट १ लाख १ हजार नगद आर्थिक सहयोग गरेको जानकारी गराउदै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
त्यस्तै मञ्का पुर्व कार्यसमिति सदस्य महेन्द्र बहादुर चन्द जिको धर्मपत्नि क्यान्सरका कारण चितवनमा उपचाररत हुनुहुन्छ । उहॉको आर्थिक अवस्थालाई मध्यनजर गर्दै मञ्चले १ लाख १ हजार सहयोग गरेको जानकारी गराउदै उक्त रकम हस्तान्तरणका लागी प्रवास कमिटीका सचिव प्रताप शाह र प्रवासी नेपाली मञ्च दुबईका पुर्व अध्यक्ष श्याम कडेंलले हस्तान्तरण गरेको जानकारी गराउछु ।
चानक पोखरेल
अध्यक्ष
प्रवासी नेपाली मञ्च कतार






