बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिदिने (विज्ञप्तिसहित)

मंगलबार, भाद्र ३० २०७७

काठमाडौं । ग़ैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान (एनआरएए स्पोर्टस एकेडेमी) ले नेपालमा सम्पन्न् १३ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण,रजत र काश्य पदक प्राप्त गर्ने नेपाली खेलाडी र सो खेलसंग सम्बन्धित सम्पुर्ण प्रशिक्षकहरुको कोरोना बीमा गरिदिने भएको छ ।
प्रतिष्ठानले गत बर्ष सम्पन्न आठौ राष्ट्रीय खेलकुदमा स्वर्ण,रजत र काश्य पदक बिजेता सम्पूर्ण खेलाडीहरुको कोरोना बिमा गरि दिने भएको भएको हुनाले, यस प्रयोजनको लागी आवश्यक समन्वय गरि दिनु हुनको लागि नेपाल ओलम्पिक कमिटी,राष्ट्रीय खेलकुद परिषद र सम्बन्धित खेलका राष्ट्रीय संघहरुलाई अनुरोध गर्दै सम्बन्धित प्रशिक्षक र खेलाडीहरुले आ(आफनो खेल र प्राप्त पदकको बिवरण सहित नागरिकताको प्रतिलिपि कुनै पनि छिटो माध्यमबाट उपलब्ध गराई सहयोग गर्न अनुरोध गरेको छ ।

प्रेस बिज्ञप्ति मिती: ३० भाद्र २०७७

ग़ैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान
NRNA SPORTS ACADEMY

बिषय: खेलाडी कोरोना बिमा

विश्वव्यापि रुपमा फैलिएको कोरोना (COVID-19)महामारी नेपालमा समेत बढदै गइरहेको परिप्रेक्ष्यमा नेपालको खेलकुद क्षेत्र पनि यसबाट प्रभावित भएको छ / राष्ट्रको खेलकुदमा समाहित खेलाडी परिवारलाई कोरोना महामारी यो जोखिम अवस्थामा केहि राहत महशुस गराउने उद्देश्यबाट
ग़ैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान (NRNA SPORTS ACADEMY) ले नेपालमा सम्पन्न् १३ औ दक्षिण एसियाली खेलकुदमा स्वर्ण,रजत र काश्य पदक प्राप्त गर्ने नेपाली खेलाडी र सो खेल संग सम्बन्धित सम्पुर्ण प्रशिक्षकहरुको साथै गत बर्ष सम्पन्न आठौ राष्ट्रीय खेलकुदमा स्वर्ण,रजत र काश्य पदक बिजेता सम्पूर्ण खेलाडीहरुको “कोरोना बिमा “गरि दिने भएको भएको हुनाले, यस प्रयोजनको लागी आवश्यक समन्वय गरि दिनु हुनको लागि नेपाल ओलम्पिक कमिटी,राष्ट्रीय खेलकुद परिषद र सम्बन्धित खेलका राष्ट्रीय संघहरुलाई अनुरोध गर्दै सम्बन्धित प्रशिक्षक र खेलाडीहरुले आ-आफनो खेल र प्राप्त पदकको बिवरण सहित नागरिकताको प्रतिलिपि कुनै पनि छिटो माध्यमबाट उपलब्ध गराई दिनु भई सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ /

सम्पर्क गर्ने निकाय र व्यक्तिहरु

ग़ैर आवासीय नेपाली संघको सचिवालय-बालुवाटार -ईमेल:- [email protected]
राष्ट्रीय टिम तयारी समिति,दशरथ रंगशाला
धर्मराज गिरी – मोबाईल नम्बर: ९८१८०६३६८२( whatsApp, Viber)
ईमेल :- [email protected]
राजन खत्री- मोबाईल नम्बर:9860653872
ईमेल :-rajankhatri 202@gmail .com
स्वयम्भु राज डंगोल – मोबाईल नम्बर:9841209831
ईमेल : [email protected]

प्रतिक्रिया
सम्बन्धित समाचार