शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

योसिहिडे सुगा जापानका प्रधानमन्त्री बन्ने निश्चित

सोमबार, भाद्र २९ २०७७

काठमाडौं, २९ भदौ । जापानका नयाँ प्रधानमन्त्री को बन्ला भन्ने अधिकांश देशरुलाई चासोको विषय बनेको छ । गत महिना प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कमजोर स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए ।

जापानमा हालका मुख्य क्याबिनेट सेक्रेटरी योसिहिडे सुगा जापानका नयाँ प्रधानमन्त्री बन्ने बताईएको छ । जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले सोमबार उनलाई सिन्जो आबेको स्थानमा नयाँ नेताको रुपमा चयन गरेको हो । यससँगै सुगा नयाँ प्रधानमन्त्री बन्ने लगभग पक्का भएको बीबीसीेले उल्लेख गरेको छ ।
जापानको नयाँ प्रधानमन्त्रीमा एनआरएनका पूर्व अध्यक्ष भट्टको काका ससुराको नाम चर्चामा
गत महिना प्रधानमन्त्री सिन्जो आबेले आफ्नो कमजोर स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएका थिए । सुगा आबेको निकटका व्यक्ति मानिन्छन् । त्यसैले बाँकी कार्यकालमा उनले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ । बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै भएको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार