काठमाडौं, २९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १७० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८७९ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ ।
सोमबारसम्म ६ हजार ८९२ जना क्वारेन्टाइनमा रहेका छन् भने १५ हजार ३९३ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ८७८ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ८ लाख ५१ हजार ४०५ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप १५ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३६० पुगेको मन्त्रालयले जनाएको छ ।
https://www.facebook.com/mohpnep/videos/868988330598010/