बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विश्वमा कोरोना : २ करोड ९१ लाख संक्रमितमध्ये २ करोड १० लाख निको भए

सोमबार, भाद्र २९ २०७७

काठमाडौं / विश्वभर २ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९१ लाख ८० हजार नाघेको छ । यस्तै एकै दिन थप ३ हजार ९०५ जनाको मृत्यु भएको छ ।

यो सँगै सोमबार बिहानसम्म कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख २८ हजार २६७ पुगेको छ । यस्तै एकै दिन २ लाख २० हजार ६४० मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका सोमबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १० लाख २५ हजार २८३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार