काठमाडौं, २८ भदौ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएसँगै उनी कोरोनामुक्त भएको निजी सचिवालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार केही दिन निवासमा आराम गरेर उनी काममा फर्किने छन् ।
उनमा भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि होम आइसोलेसनमा बसेका उनी १३औं दिनमा निको भएका हुन् ।