तिलु शर्मा पौडेल
दोहा, कतार / कोरोना भाईरसका कारण नेपालमै रोकीएका केही कामदारहरु कतार प्रवेश गरेका छन । गएको मार्च ९ तारीकमा नेपालबाट कतार प्रबेश गर्न कतार एयरवेजले रोक लगाए संगै बन्द रहेका उडानहरु कतारबाट नेपाल तर्फ चार्टर उडानको रुपमा संचालित रहे पनी नेपालबाट कामदार कतार प्रबेश गरेको यो पहिलो पटक हो ।
झन्डै ६ महिनामा पहिलो पटक नुवाकोटका उत्तम भन्डारी सहित ७ जना कतार आएका हुन । कम्पनिले कतार ईन्ट्री प्रमिट निकाली दिए पछी चिने जानेको म्यानपावरको साथि मार्फत टिकट र PCR परिक्षणको रिपोर्ट लिएर उनीहरु कतारमा अबतरण गरेका हुन । भन्डारीका अनुसार नेपालमा लकडाउनको अन्त भएसंगै नेपालीहरुले कतारमा सहजै प्रवेश पाउने छन ।
कस्तो छ कतार एयरपोर्टमा ब्यबस्था ?
हमाद अन्तराष्ट्रीय विमानस्थलमा जहाज अबतरण पस्चात सातै जनाको मोवाईलमा ऐतराज एप डाउनलोड गरी स्वास्थ्य चेकजाच गरी एप्लिकेशनमा पहेलो (होम क्वारेन्टाईन) चिन्हमा परिणत गरीएको छ भने उनीहरुलाई होटलको क्वारेन्टाईनमा राखिएको छ। कतारको सरकारी अस्पतालबाट खटिएका डाक्टरहरुले कोरोनाको PCR परिक्षण गरी नेगेटिभ रिजल्ट आए एतराजमा हरीयो सुचक चिन्ह आएपछी नियमित कार्यमा फर्कन अनुमति दिईने छ भने पोजेटिभ भेटिएमा थप क्वारेन्टाईनमा राखिने सरकारको प्रावधान रहेको छ ।