बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

काठमाडौं उपत्यकाका ३८८ सहित नेपालमा पछिल्लो २४ घण्टामा थपिए १ हजार १२० जना कोरोना संक्रमित (भिडियोसहित)

बुधबार, भाद्र १७ २०७७

काठमाडौं । नेपालमा आज (बुधवार) थप १ हजार १२० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

नेपालमा हिजो (मंगलवार) १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
https://www.facebook.com/mohpnep/videos/633192894296668/

प्रतिक्रिया
सम्बन्धित समाचार