बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे आठ लाख नाघ्यो

मंगलबार, भाद्र १६ २०७७

एजेन्सी | ३० मिनेट अघि भदौ १६, २०७७ काठमाडौं : विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४ हजारभन्दा धेरैको मृत्यु भएसँगै मृतकको संख्या ८ लाख ५४ हजार २ सय २२ पुगेको हो।

भारतमा २४ घण्टामा ८ सय १८ जनाको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ६८ हजार ७ सय ७० पुगेको छ। २४ घण्टामा ब्राजिलमा ६ सय १९, अमेरिकामा ४ सय ८९, मेक्सिकोमा ३ सय ३९, कोलम्बियामा २ सय ९९, दक्षिण अफ्रिकामा १ सय २१ र रसियामा ८३ जनाको मृत्यु भएको छ।

भारतमा ६८ हजार ८ सय, ब्राजिलमा ४८ हजार ६ सय, अमेरिकामा ३७ हजार ६ सय, कोलम्बियामा ७ हजार २ सय, रसियामा ५ हजार, मेक्सिकोमा ४ हजार १ सय र दक्षिण अफ्रिकामा २ हजार संक्रमित थपिएका छन्। विश्वभर संक्रमितको संख्या २ करोड ५६ लाख नाघेको छ । तीमध्ये १ करोड ७९ लाख मानिस संक्रमणमुक्त भइसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार