बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पछिल्लो २४ घण्टामा थपिए १२ सय २१ कोरोना संक्रमित, २६७ जना डिस्चार्ज (भिडियोसहित)

आइतबार, भाद्र १४ २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २० हजार ८ सय २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै काठमाडौं । उपत्यकामा ४ सय २९ जना संक्रमित थपिएका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ ।

होम आइसोलेसनमा रहनेहरुका संख्या ६ हजार ९ सय रहेको छ । विगत २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण भएको छ ।
https://www.facebook.com/mohpnep/videos/611501743069785/

प्रतिक्रिया
सम्बन्धित समाचार