बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप ८८४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ३७ हजार नाघ्यो (भिडियोसहित)

शनिबार, भाद्र १३ २०७७

काठमाडौं । नेपालमा थप ८८४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर २४२ महिला र ६४२ पुरुषसहित ८८४ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म २० हजार ५५५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ५५ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा ११ हजार ५१६ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ६ लाख ६९ हजार ६२६ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै क्वारेन्टाइनमा ८ हजार ३५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ४४५ जना रहेका छन् ।

अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १७५ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल २२ रहेका छन् ।

काठमाडौँ उपत्यकामा १८६ संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज १८६ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १५५ , ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका छन् ।
https://www.facebook.com/mohpnep/videos/3279693605449611/

प्रतिक्रिया
सम्बन्धित समाचार